×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मंगलम इण्डस्ट्रिजले उत्कृष्ट टेक्निसियनलाई गर्यो पुरस्कृत, १० जनाले पाए एक-एक तोला सुन

GLOBAL IME BANK

मंगलम इण्डस्ट्रिजले उत्कृष्ट टेक्निसियनलाई गर्यो पुरस्कृत, १० जनाले पाए एक-एक तोला सुन

३१ आश्विन २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । मंगलम इन्डष्ट्रिज प्रा.लिले सुनसरीको इटहरीमा प्राविधिक भेटघाट एवम् पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ । प्राविधिकहरुलाई अभिप्रेरित गर्न उक्त कार्यक्रम गरिएको मंगलम पाइपले जनाएको छ ।

कार्यक्रममा गत वर्षको स्किममा प्राविधिकहरुले गरेको प्रदर्शन अनुसार पुरस्कारहरु वितरण गरिएको थियो भने स्किम अनुसारको अन्य विभिन्न उपहारहरु पनि वितरण गरिएको थियो । जस अन्तर्गत प्राविधिकहरुले २ वटा १२५ सिसिको पल्सर मोटरसाईकल , एउटा १५० सिसिको पल्सर जित्नुको साथै ६ जनाले ल्यापटप, १० जनाले १/१ तोला सुन र ६ जनाले टेलिभिजन जित्न सफल भएको कम्पनीको असिस्टेन्ट भाईस प्रेसिडेन्ट सुमित शर्माले जानकारी दिए ।

टेक्निसियन प्रोत्साहन कार्यक्रम (कुपन वापत) अन्तर्गत उक्त कार्यक्रम गरिएको र यस्ता किसिमका अन्य कार्यक्रम भविष्यमा पनि सञ्चालनमा ल्याईने शर्माले बताए । कार्यक्रममा उक्त क्षेत्रमा क्रियाशिल लगभग ५० जना प्राविधिकहरुको उपस्थिति रहेको थियो । मंगलमका सबै उत्पादनहरु उच्च गुणस्तरीय जापानी कच्चा पदार्थ र अत्याधुनिक जर्मन प्रविधि प्रयोग गरेर नेपालमै बनाइन्छ ।

नेपालकै सबैभन्दा ठूलो प्रयोगशाला भएको मंगलम् इन्डस्ट्रिजले नेपालमा निर्माण कार्यका लागि आवश्यक सबै पाइप तथा फिटिङ्स उत्पादन गर्दै आएको कम्पनीले दावी गरेको छ । मंगलमको हरेक उत्पादनहरु उच्च गुणस्तरीय जापानीज कच्चा पदार्थबाट अत्याधुनिक प्रविधिको प्रयोग गरी बनाइन्छन् । र यसका सबै उत्पादनहरू ISO 9001:2015 प्रमाणित छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: