काठमाडौँ । निक्षेप तथा कर्जा सुरक्षण कोष र मेगा बैंक नेपाल लिमिटेडबीच बुधबार कृषि कर्जा सुरक्षण गर्ने सम्झौता भएको छ ।
सम्झौतापत्रमा कोषका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरे र मेगा बैंकका तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठले हस्ताक्षर गरेका छन् । कार्यक्रममा कोषका विभागीय प्रमुखहरु र मेगा बैंक नेपालका अधिकारीहरुको उपस्थिति रहेको थियो ।
सम्झौतापत्रमा हस्ताक्षर भएसँगै मेगा बैंकले कृषि व्यवसायका लागि प्रवाह गरेको ३ करोड रुपैयाँसम्मको कर्जा कोषले सुरक्षण गर्नेछ । ३ करोड रुपैयाँसम्मको त्यस्तो कर्जामध्ये १ करोड रुपैयाँभन्दा माथिको कर्जाको हकमा भने बैंकले त्यस्तो कर्जा प्रवाह गर्नुपूर्व कोषको पूर्वस्वीकृति लिनुपर्ने हुन्छ ।
यस प्रकार सुरक्षण हुने कर्जाको सुरक्षण शुल्क वार्षिक ०.६ प्रतिशतमध्ये ५० प्रतिशत नेपाल सरकारले अनुदानबापत व्यहोर्ने र बाँकी ५० प्रतिशतमात्र बैंकले कोषमा बुझाउनेछ ।
कोषमा सुरक्षित कृषि कर्जा ऋणीको मृत्यु वा प्राकृतिक प्रकोपबाट कृषि परियोजना नष्ट भएमा वा अन्य विभिन्न कारणबाट कर्जा असुली हुन नसकेमा बैंकले दाबी गर्न सक्ने र उक्त दाबीमा कोषले ८० प्रतिशतसम्म भुक्तानी गर्ने भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्