×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शाओमीको मी सँग तिहार ‘१२ दिन १२ टिभी’ अफर सार्वजनिक

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

शाओमीको मी सँग तिहार ‘१२ दिन १२ टिभी’ अफर सार्वजनिक

Artha Sarokar

२ कार्तिक २०७९, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले तिहार २०७९ को शुभ अवसरमा आफ्ना ग्राहकहरूका लागि आश्चर्यजनक अफरहरु ल्याएको छ । यस अफर अन्तर्गत ग्राहकहरूले कुनै पनि शाओमी, रेड्मी, वा पोको फोनको खरिदमा Mi TV 4APro 32 जित्ने मौका पाउने कम्पनीले जनाएको छ ।

उक्त अफरको बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमित कुमार पंडाले भने, ‘नेपालमा शाओमी लन्च भएदेखि नै हामीले हाम्रा फ्यानहरूबाट अप्रत्याशित माया र समर्थन पाएका छौं । तिहारको यो शुभ अवसरमा हाम्रा ग्राहकहरूका लागि लागि ‘१२ दिन १२ टिभी’ अफर सुरु गर्न पाउँदा हामी अत्यन्त खुशी छौं । यस चाडपर्वको अवसर पारी ग्राहकवर्गमा उत्साह थप्न मी का फोन किन्न इच्छुकहरुका लागि मी को टिभी जित्ने अफर ल्याएका छौं ।’

अफर अन्तर्गत कुनै पनि शाओमी, रेड्मी, वा पोको फोनको खरिदमा ग्राहकहरूले Mi TV 4APro 32 TV जित्ने मौका पाउनेछन् । लक्की ड्रमा सहभागी हुनका लागि ग्राहकहरूले दिइएको QR कोड स्क्यान वा ३१००७ मा IMEI नम्बर पठाउनु पर्नेछ । प्रत्येक दिन एक जना भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत Mi TV 4APro 32″ टिभी जित्ने मौका पाउनेछन् । यो अफर कार्तिक २ देखि कार्तिक १३ गते सम्म मान्य हुनेछ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी