×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मुक्तिनाथ कृषि कम्पनीको चौथो वार्षिक साधारणसभा सम्पन्न, ५५.५५% हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित

GLOBAL IME BANK

मुक्तिनाथ कृषि कम्पनीको चौथो वार्षिक साधारणसभा सम्पन्न, ५५.५५% हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित

३१ आश्विन २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । मुक्तिनाथ कृषि कम्पनीले आफ्नो चौथो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । कम्पनीको साधारणसभा आश्विन २८ गते शुक्रबार अध्यक्ष भरतराज ढकालको अध्यक्षतामा सम्पन्न भएको हो ।

साधारणसभाले सामान्य प्रस्ताव अन्तर्गत अध्यक्षको आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिबेदन उपर छलफल तथा पारित गरेको छ । साथै,सोहि आर्थिक वर्षको वासलात, नाफा नोक्सान हिसाव, नगद प्रवाह लगायतका विवरण उपर छलफल तथा पारित र आगामी आर्थिक वर्षको लागि लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण गरेको छ ।

त्यस्तै, कम्पनीको साधारणसभाबाट चुक्ता तथा जारी पुँजी क्रमशः ५६ करोड र ७० करोड पुर्याउने र ५५.५५% हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीको प्रबन्ध पत्र तथा नियमावली उपर संसोधन प्रस्ताव समेत पारित गरेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: