काठमाडौँ । एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालनमा रहेको एनआईबिएल सहभागिता फण्ड (खुलामुखी योजना) को योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटलले धनतेरसको पावन उपलक्ष्यमा धनतेरस अफर अन्तर्गत लगानीकर्ताहरुलाई आफ्नो समृद्धिका लागि सोही दिन पारी लगानी गर्न सक्ने अवसर जुराएको छ ।
लगानीका लागि शुभ दिन मानिने धनतेरस यस वर्ष कात्तिक ५ गते शनिबारको दिन परेको र सो अवसरमा धितोपत्र बजारमा लगानी गर्न चाहने लगानीकर्ताले लगानीका लागि अन्य कुनै विकल्प नहुँदा एनआईबिएल सहभागिता फण्डमा लगानी गरी लाभ प्राप्त गर्न सकिने गरी सोही दिन बिहान ११ बजेदेखि अपराह्न ५ बजे सम्मका लागि विशेष कारोबार सत्र सञ्चालन हुने गरी एनआईबिएल एस क्यापिटलले व्यवस्था मिलाएको छ ।
साथै सो अफर अन्तर्गत रु. १० हजार वा सोभन्दा बढी बराबरका एनआईबिएल सहभागिता फण्डको इकाइ खरिद गर्ने लगानीकर्ताका लागि सुन र चाँदीको सिक्का उपहार स्वरुप प्रदान गरिने कम्पनीले जनाएको छ । यस अफर अन्तर्गत ३० हजार वा सो भन्दा बढी बराबर लगानी गर्ने १ भाग्यशाली लगानीकर्तालाई आधा तोला सुनको सिक्का र ५ भाग्यशाली लगानीकर्तालाई २ तोलाको चाँदीको सिक्का उपहार स्वरुप प्रदान गरिनेछ भने रु. १० हजारदेखि रु. ३० हजारसम्मको लगानी गर्ने ५ भाग्यशाली लगानीकर्तालाई समेत २ तोला चाँदीको सिक्का उपहारस्वरुप प्रदान गरिनेछ ।
भाग्यशाली विजेताहरुको चयन फेसबुक लाइभ गरी गोलाप्रथामार्फत गरिने क्यापिटलले जनाएको छ । धनतरेसको दिन पारी एनआईबिएल सहभागिता फण्डमा लगानी गर्न ईच्छुक लगानीकर्ताहरुले सोहि दिन एनआईबिएल एस क्यापिटल लिमिटेडका सम्पूर्ण शाखा कार्यालयहरु तथा यस फण्डको अनलाईन प्रणाली https://mutualfund.niblcapital.com/ मार्फत योजनाको इकाई खरिद गर्न सकिनेछ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्