×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआईसी एशिया बैंकको सर्वसाधारण सेयरधनी समूहबाट सञ्चालकमा केशवप्रसाद लम्साल नियुक्त

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

एनआईसी एशिया बैंकको सर्वसाधारण सेयरधनी समूहबाट सञ्चालकमा केशवप्रसाद लम्साल नियुक्त

Artha Sarokar

३ कार्तिक २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । एनआईसी एशिया बैंकको सर्वसाधारण सेयरधनी समूहबाट सञ्चालकमा केशवप्रसाद लम्साल नियुक्त भएका छन् । बैंकको कार्तिक २ गते बसेको सञ्चालक समितिको ५७१ औं बैंठकले कार्तिक २ गते बुधबारबाट लागू हुने गरी उनलाई उक्त पदमा नियुक्ती गरेको हो ।

नवनियुक्त सञ्चालक केशवप्रसाद लम्सालले बैंकका सञ्चालक समितिका अध्यक्ष तुलसीराम अग्रवालबाट पद तथा गोपनियताको सपथ ग्रहण समेत लिएका छन् । अर्थशास्त्र एवम् बिजनेस एडमिनिस्ट्रेसनमा स्नातकोत्तरसम्म अध्ययन गरेका लम्साल राष्ट्रिय वाणिज्य बैंकमा विभिन्न विभागहरुको नेतृत्व सम्हाल्दै नायव प्रमुख कार्यकारी अधिकृत पदबाट अवकाश भएका थिए ।

बैंकको सेयरधनी समूहबाट सञ्चालकको रुपमा नियुक्त भएको अवसरमा केशवप्रसाद लम्साललाई उनको सफल कार्यकालको कामना गर्दै सम्पूर्ण बैंक परिवारले हार्दिक बधाई दिएको विज्ञप्ति मार्फत जनाएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी