Skip to content
LAXMI SUNRISE BANK

एनआईसी एशिया क्यापिटलको पूँजी बजार साक्षरता सम्बन्धी कार्यक्रम पोखरामा सम्पन्न

अर्थ सरोकार

काठमाडौँ । विश्व लगानीकर्ता सप्ताह, २०२२ को अवसरमा गण्डकी प्रदेश अन्तर्गत टुकी रिसोर्ट, लेकसाइड, पोखरामा प्रदेश स्तरीय पूँजी बजार साक्षरता कार्यक्रम मिति २०७९ आश्विन २८ गते सम्पन्न गरेको छ ।

उक्त कार्यक्रममा क्यापिटलका उच्च तहका अधिकारीहरुले डिम्याट खाता, प्रथामिक सेयर, धितोपत्रको दोश्रो बजार, मुद्रा बजार उपकरणहरु, सामूहिक लगानी कोष, दोश्रो बजारमा सूचिकृत कम्पनीहरुमा लगानी गर्दा कहिले कसरी लगानी गर्न सकिन्छ तथा लगानी सम्बन्धी निर्णय लिदाँ विशेष ध्यान दिनुपर्ने कुराहरु लगायत समग्र पूँजी बजारको पछिल्लो अवस्थाको सम्बन्धमा विस्तृत जानकारी तथा छलफल गरिएको थियो ।

मर्चेण्ट बैंकहरु उपत्यका केन्द्रित रहेको र काठमाडौँ उपत्यका बाहिरबाट मर्चेण्ट बैंकहरुले प्रदान गर्ने सेवा प्राप्त गर्न निकै असहज भएको जनगुनासो बारम्बार आउने गरेको हुँदा उपत्यका बाहिरबाट कसरी मर्चेण्ट बैंकहरुले उपलब्ध गराएको सेवा लिन सकिन्छ र नयाँ लगानीकर्ताहरुलाई सहज रुपमा पूँजी बजारमा आबद्ध भई सुरक्षित र सहज रुपमा सेयर कारोवार गर्न सकुन भन्ने मुख्य उद्देश्यका साथ उक्त साक्षरता कार्यक्रम आयोजना गरिएको हो ।

उक्त कार्यक्रममा ६० जना भन्दा बढी लगानीकर्ताहरुको सहभागिता रहेको थियो । साथै आगामी दिनमा सोही प्रकृतिको साक्षरता कार्यक्रम अन्य स्थानहरुमा समेत कम्पनीले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK