×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

तिहारको सार्वजनिक बिदामा पनि आयल निगमले पेट्रोलियम पदार्थको बिक्री खुल्ला राख्ने, कुन-कुन डिपोलाई छ अनुमति ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

तिहारको सार्वजनिक बिदामा पनि आयल निगमले पेट्रोलियम पदार्थको बिक्री खुल्ला राख्ने, कुन-कुन डिपोलाई छ अनुमति ?

Artha Sarokar

९ कार्तिक २०७९, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । तिहारको छुट्टीमा पनि नेपाल आयल निगमले देशैभर पेट्रलियम पदार्थको बिक्री वितरण गर्ने भएको छ ।

सार्वजनिक बिदाको समयमा पनि नागरिकको सहजताका लागि देशभरका १३ वटा प्रादेशिक तथा डिपो कार्यायहरुबाट पेट्रोल पम्पहरुलाई यन्धन बिक्रीको व्यवस्था मिलाउने आयाल निगमले जनाएको छ ।

निगमका अनुसार एक नम्बर प्रादेशिक कार्यालय विराटनगरबाट कात्तिक ८ र ११ गते, मधेश प्रदेश अमलेखगन्जबाट ७ र ११ गते, बागमती प्रादेशिक कार्यालय थानकोट र गण्डकी प्रादेशिक कार्यालय पोखरामा ८, ९ र १२ गते पेट्रोलियम पदार्थको बिक्री गरिनेछ ।

त्यस्तै लुम्बिनी प्रादेशिक कार्यालय भैरहवाबाट ८ र ११ गते, कर्णाली प्रादेशिक डिपो सुर्खेत र सुदूरपश्चिम प्रादेशिक कार्यालय धनगढीबाट ७ र ११ गते इन्धन बिक्रीको व्यवस्स्था मिलाइएको निगमले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी