×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बर्दिया प्रहरीद्वारा अवैध पटाका बरामद

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

बर्दिया प्रहरीद्वारा अवैध पटाका बरामद

१ कार्तिक २०७९, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

बर्दिया । बर्दिया प्रहरीले अवैध पटाका बरामद गरी नष्ट गरेको छ । असोज ३१ गते सोमबार इलाका प्रहरी कार्यालय राजापुर बर्दियाबाट खटिएको प्रहरी टोलीले अवैध पटका बरामद गरेको हो ।

राजापुर नगरपालिका ०४ बिशाल बजार स्थित मनोज गुप्ताको घरमा कोठा भाडा लिई बस्ने राजा भन्ने मेराजुदिन अन्सारीले भारतबाट लुकाई छिपाई ल्याई भण्डारण गरी राखिएको अन्दाजी १ लाख २० हजार रुपैयाँ बराबरको १० बोरा विभिन्न पटाकाहरु प्रहरीले बरामद गरेको हो ।

उक्त पटाका ईलाका प्रशासन कार्यालय राजापुर बर्दियाका कार्यालय प्रमुख सुनिल दत्त, राजापुर नगरपालिका ०४ का वडा अध्यक्ष बिदुर पोख्रेल ,राजापुर भन्सार कार्यालयका प्रतिनिधी पत्रकार तथा स्थानियको रोहबरमा नष्ट गरिएको हो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी