काठमाडौँ । विश्व लगानीकर्ता सप्ताह-२०२२ का अवसरमा विविध लगानीकर्ता सचेतना अभिवृद्धि गर्ने उद्देश्यले प्रभु क्यापिटल लिमिटेडले रोटर्याक्ट क्लब अफ पाटन वेस्टका सदस्यहरुका लागि सेयर बजार सम्बन्धी बेसिक, फन्डामेन्टल एन्ड टेक्निकल एनालिस अफ सेक्युरिटी मार्केट विषयमा एकदिने प्रशिक्षण कार्यक्रम काठमाण्डौमा सम्पन्न गरेको छ।
कार्यक्रम काठमाडौँको पुरानो बानेश्वस्थित राजधानी मोडेल कलेजमा सम्पन्न भएको हो । रोटर्याक्ट क्लब अफ पाटन वेस्टका करिब २० जना सदस्यहरुको सहभागिता भएको उक्त तालिम कार्यक्रममा प्रशिक्षण दिने कार्य प्रभु क्यापिटलका प्रमुख लगानी अधिकृत दुर्गानन्द झाले गरेका थिए भने कार्यक्रमको उद्देश्य तथा महत्वबारे सञ्चालन विभाग प्रमुख बसन्ता उपाध्यायले प्रकाश पारेकी थिइन् ।
प्रशिक्षणमा सेयर बजार तथा प्राथमिक तथा दोस्रो बजारसम्बन्धी आधारभूत कुराहरु, सेयर बजारमा दीर्घकालीन लगानी गर्दा पाइने प्रतिफल, आधारभूत तथा प्राविधिक विश्लेषण तथा पोर्टफोलियो व्यवस्थापन तथा लगानीमा हुने जोखिम व्यवस्थापन सम्बन्धी विषयहरु समेटिएको थियो ।
प्रभु क्यापिटलले सेयर लगानीमा सचेतना अभिवृद्धिका लागि समय-समयमा सेयर तथा पुँजीबजारसँग सम्बन्धित तालिम कार्यक्रम, विविध वर्कसप तथा सचेतना कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ ।
रोटर्याक्ट क्लब अफ पाटन वेस्ट सन् २००० मा स्थापना १८–३० वर्ष युवाले सन्चालन गर्ने गैरलाभकारी र गैरराजनीतिक संस्था क्लब हो। यो क्लबको मुख्य उद्देश्य सेवामार्फत नेतृत्व, व्यावसायिक विकास र फेलोसिप प्रवर्द्धधन गर्नु हो। जसमा क्लबका स्वेच्छिक सदस्यहरुले उनीहरुद्वारा प्रस्तावित र सञ्चालन गरिएका कार्यक्रम र परियोजनामा काम गर्छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्