काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड देशको सातै प्रदेशको ७७ वटै जिल्लाका सदरमुकाममा पुगेको छ । सर्लाही जिल्लाको मलंगवा नगरपालिका वडा न.९ स्थित शाखा कार्यालय मलंगवा विस्तार गरी सोमबार कारोबार शुभारम्भ भएपछी ७७ जिल्लाका सबै सदरमुकाममा बैंकको सेवा पुगेको हो ।
नेपाल सरकारको स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमाससम्ममा बैंकले रु. ५ अर्ब २१ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको दावी गरेको छ । २०७९ आषाढ मसान्तमा बैंकको ग्राहक निक्षेप रु.२ खर्ब ५९ अर्ब र खुद कर्जा तथा सापट रु. २ खर्ब २९ अर्ब पुगेको छ । आर्थिक वर्ष २०७८/७९ मा बैैंंकको सेयरधनी कोष रु. ३३ अर्ब ४८ करोड र कुल सम्पत्ति रु. ३ खर्ब २९ अर्ब पुगेको बैंकले जनाएको छ ।
बैंकको सफलताको लागि उल्लेखनीय योगदान पुर्याउने सम्पूर्ण निक्षेपकर्ता, कर्जा ग्राहक, शेयरधनी, नेपाल सरकार, कार्यरत कर्मचारी लगायत समग्र सरोकारवालाहरु प्रति बैंकले धन्यवाद व्यक्त गरेको छ । साथै भविष्यमा अझै उत्कृष्ट सेवा प्रदान गर्दै उत्कृष्ट नतिजा हासिल गर्ने प्रतिवद्धता समेत बैंकले व्यक्त गरेको छ । बैंकको हाल सातै प्रदेश, ७७ जिल्लामा २६४ वटा शाखा कार्यालय, २६८ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ सेवा रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्