Skip to content
LAXMI SUNRISE BANK

आरविवि मर्चेन्ट बैंकिङको ७औं वार्षिक साधारण सभा सम्पन्न, ७.५ प्रतिशत नगद लाभांश पारित

अर्थ सरोकार

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको पूर्ण स्वामित्वमा संचालित सहायक कम्पनी आरविवि मर्चेन्ट बैंंकिङ लिमिटेडको सातौ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

कम्पनीको संचालक समितिका अध्यक्ष एवम् राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका नायब प्रमुख कार्यकारी देवेन्द्ररमण खनालको अध्यक्षतामा सोमबार सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०७८/०७९ मा ७.५ प्रतिशत नगद लाभांश सहित वार्षिक प्रतिवेदन प्रस्ताब पारित गरेको छ ।

साधारण सभामा प्रमुख अतिथि एवम् बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले हाल शहरी क्षेत्रमा मात्र सिमित रहेको मर्चेन्ट बैकिङ सेवालाई ग्रामिण क्षेत्रमा समेत विस्तार गर्ने दीर्घकालिन सोच अनुरुप रणनीति तयार गरी आफ्नो कार्यक्षेत्र विस्तार गर्दै लैजाने र दूरदराजमा रहेका जनताहरुले पनि मर्चेन्ट बैकिङ सेवा लिन सकिने वातावरण बनाउनु पर्ने बताए ।

मर्चेन्ट बैंकिङका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद प्याकुरेलले हाल २० करोड चुक्तापुँजी रहेको मर्चेन्ट बैंकिङले इस्यु मेनेजमेन्ट, आरटिएस, पोर्टफोलियो मेनेजमेन्ट, अन्डरराइटिङ्ग, डिपोजेटरी पार्टिसिपेन्ट लगायतको सेवा दिई रहेको बताए ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK