×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जगदम्बा मोटर्सद्वारा ‘टिभिएस ग्रेट ग्राण्ड एक्सचेन्ज एण्ड फाइनान्स मेला’ आयोजना हुने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

जगदम्बा मोटर्सद्वारा ‘टिभिएस ग्रेट ग्राण्ड एक्सचेन्ज एण्ड फाइनान्स मेला’ आयोजना हुने

Artha Sarokar

२८ आश्विन २०७९, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले ‘TVS Great Grand Exchange and Finance Mela’ नामका बेजोड अनि अद्भुत एक्सचेन्ज मेलाको आयोजना गर्ने भएको छ । असोज ३१ गतेबाट कार्तिक ५ गते सम्म काठमाडौंको भृकुटीमण्डपमा चल्ने यस भव्य मेलामा ग्राहकहरुले कुनै पनि ब्राण्डका पुरानो बाईक तथा स्कुटर एक्सचेन्ज गर्दा आर्कष्क छुट तथा उपहारहरु पाउने कम्पनीले जनाएको छ ।

उक्त मेलामा बजार मुल्यभन्दा ७ हजार रुपैयाँ बढी भ्यालुएसन गरिने, नकिन्दा १ लाख र किन्दा १० लाख रुपैयाँ सम्म जित्न सकिने मौका रहेको छ । यो योजनामा आकर्षक फाइनान्स अफर पनि समावेश छ, जस अन्तर्गत न्यूनतम २५% डाउनपेमेन्ट र रु ४,२७७ को मासिक ईएमआइमा बाइक तथा स्कुटर लिन सकिन्छ ।

यस बाहेक ग्राहकहरुले हेलमेट, बाइक कभर, र ब्याग जस्ता उपहार पनि प्राप्त गर्न सक्नेछन् । कम्पनीको नेपालभर १४० भन्दा बढी डिलरहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टिभिएसले बजारमा आफ्नो मजबुत पकड राख्न तथा ग्राहकहरूको मनमस्तिष्कमा उच्च स्थान जमाउन सफल भएको दावी गरेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी