×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Civil Bank
SANIMA BANK AD

प्रतिनिधिसभामा धमाकेदार इन्ट्रि गर्दै तोसिमा, भन्छिन् -‘अब सदनमा ढ्याङ्ग्रो बजाउने हो’

CITY EXPRESS AD
NABIL BANK
BIZBAZAR

ललितपुर । ललितुर निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यकी उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्कीले सानदार जित हासिल गर्ने भएकी छिन् । आफ्ना प्रतिस्पर्धीलाई दोब्बर मतले पछि पार्दै अग्रता लिएकी कार्कीले जित्ने पक्का भएको छ ।

पछिल्लो मत परिणाम अनुसार कार्की १८ हजार ४७७ मतसहित अग्र स्थानमा देखिएकी छिन् । उनको निकटतम प्रतिद्वन्द्वीका रुपमा रहेका नेकपा एमालेका अमृत खड्का भने ९ हजार ४२२ मतसहित दोस्रो स्थान पछ्याईरहेका छन् ।

मतदानअघि डा. तोसिमा कार्की र माओवादी केन्द्रकी पम्फा भुसालबीच कडा टक्कर हुने प्रक्षेपण गरिएको थियो । तर, मतगणनामा भुसाल पुछारमा देखिएकी छिन् । हालसम्म भुसालले ६ हजार ४२५ मत पाउँदै दोस्रो स्थान पछ्याईरहेकी छिन् ।

योसँगै ललितपुर ३ मा चुनाव चिन्ह घण्टीकी उम्मेदवार कार्कीको जित निश्चित देखिएको छ । जित पक्का हुने देखिएपछि कार्कीले अवको राजनीतिक यात्रा देशमा समर्पित गर्ने बताएकी छिन् । ‘हिजो हामीले जे भोग्यौँ, त्यो हाम्रै कर्मको फल हो । तर, भोली जे हुन्छ त्यो पनि हाम्रै कर्मले निर्धारण गर्ने हो’, उनले भनिन्, ‘अब देशको अवस्था र व्यवस्थामा ढ्याङ्ग्रो बजाउने हो ।’

यद्यपी हाल मतगणना भने जारी नै रहेको छ ।

Hamro Parto AD
MEGA BANK AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

GOLDEN OAK AD
अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2022.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal