×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बिफिनको आयोजनामा नेपाल इण्डिया विएफएसआई पार्टनरसीप समिट सम्पन्न

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

बिफिनको आयोजनामा नेपाल इण्डिया विएफएसआई पार्टनरसीप समिट सम्पन्न

Artha Sarokar

११ मंसिर २०७९, आईतवार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौं । बैंकिङ फाइनान्स एण्ड इन्स्योरेन्स इन्स्टीच्यूट अफ नेपाल लिमिटेडको आयोजनामा मंसीर ९ गते काठमाडौंमा ‘नेपाल इण्डिया विएफएसआई पार्टनरसीप समिट–२०२२’ सफलतापूर्वक सम्पन्न भएको छ । नेपाल र भारत दुई देश बीचका बैंक तथा वित्तिय संस्थाहरुबीच के कस्ता कार्यहरुमा सहभागिता गर्न सकिन्छ, दुई देशबीच लगानी, रेमिटेन्स्, व्यापार, बैंकिङ विषयहरुमा के कस्ता समस्याहरु छन् र ती समस्याहरु निवारण गर्नका लागि के कस्ता नीतिगत सुधारको आवश्यकता पर्दछ भन्ने विषयहरु छलफल गर्ने उद्देश्यले बैंकिङ, फाइनान्स एण्ड इन्स्योरेन्स इन्टिच्युट अफ नेपाल र इण्डिया-नेपाल सेन्टर, पिएचडि चेम्बर अफ कमर्श भारतको सहकार्यमा नेपाल इण्डिया विएफएसआई पार्टनरसीप समिट-२०२२ कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रमको उद्धघाटन नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले गरेका हुन् । उद्धघाटन मन्तव्य राख्दै गभर्नर अधिकारीले नेपालको अर्थतन्त्रलाई मज्वुत बनाउनको लागि निर्यात प्रबर्धनमा जोडदिनु पर्ने बताएका हुन् । नेपाल र भारतमा समेत छोटो समय देखिएको तरलता अभाव चाँडैनै समाधान हुने उनको धारणा थियो । त्यसैगरी दुबै देशबीच रेमिटेन्सलाई फर्मलच्यानलबाट आदान प्रदान गर्नको लागि जोडदिन आग्रहसमेत गरेका छन् । विगत ३ महिनामा निर्यात वृद्धि भएकोले भुक्तानी सन्तुलन सकारात्मक रहेको बताए ।

कार्यक्रममा दुई देशबीच बैंक, वित्तिय संस्था र इन्स्योरेन्स क्षेत्रका रेगुलेटरी र कमर्शियल नीतिहरु थप प्रभावकारी बनाउनको लागि नेपाल दुईदेशका विज्ञहरुले आ-आफ्नो धारणा राखेका थिए । यस सत्रको चेयर नेपाल राष्ट्र बैंकका डेपुटीगभर्नर बमबहादुर मिश्रले गरेका थिए भने नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरु डा. गुणाकर भट्ट, डा. प्रकाश कुमार श्रेष्ठ, रामु पौडेल, गुरुप्रसाद पौडेलले नेपाल र भारतबीच देखिएका व्यवहारिक र नीतिगत व्यवस्थाहरुका सम्बन्धमा धारणा राखेका थिए । भारतका विएफएसआइ विज्ञ अनुकुल भट्नाकरले सहकार्यका क्षेत्र र टेक्नोलोजीको विकास र यसले वित्तिय क्षेत्रमा पार्ने प्रभावका बारेमा धारणा राखेका थिए । त्यसै गरी सुदिन राय चौधरीले भारत र नेपालको बीमा क्षेत्रको वर्तमान अवस्थालाई उधृत गर्दै थप सहकार्यका मार्गहरु बारेमा प्रकाश परेका थिए ।

बैंक तथा वित्तिय क्षेत्रमा भारतमा भएको इनोभेसन र रिफर्मका सम्बन्धमा कार्यक्रममा छलफल भएको थियो। बैंक तथा वित्तिय क्षेत्रमा भारतले गरेको प्रगति र अनुभवबाट नेपालले टेक्नोलोजी टान्सफर, लगानी प्रवद्र्धन र सहकार्यका सम्बन्धमा हाल भइरहेको लगानी र थप लगानीका क्षेत्रहरु र नीतिगत सुधारका सम्बन्धमा सहभागीहरुले धारणा राखेका थिए । अनुकुल भट्नाकरले अध्यक्षता गरेको यस सत्रमा इन्भेष्टमेष्ट बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले नेपालमा लगानीको वातावरण र हाल भइरहेको लगानीका सम्बन्धमा कि नोट स्पीच दिएका थिए । उनले लगानीका सम्भाव्यताहरुको उजागर गरे । कार्यक्रममा नेपाल एसविआइ बैंकका प्रवन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार दे, एनएमवि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र भारतको तर्फबाट सिमा जागरण मार्चले लगानी विस्तार र सहकार्यका सम्बन्धमा धारणा राखेका थिए ।

कार्यक्रमको अर्को सत्रमा नेपालमा लगानीका अवसर, विद्यमान नीतिगत व्यवस्थाहरु, समस्याहरु र बैंक तथा वित्तिय संस्था र नियामक निकायको सम्बन्धमा कार्यक्रममा छलफल भयो । इण्डिया-नेपाल सेन्टर, पिएचडि चेम्बर अफ कमर्शका नोडल कोअर्डिनेटर अतुल ठाकुरले अध्यक्षता गरेको यस सत्रमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. तोय नारायण ज्ञवालीले इण्डष्ट्रियल रिलेशन विटुइन नेपाल एण्ड इण्डिया विषयमा कि नोट स्पीच दिएका थिए।

उद्योग विभागका महानिर्देशक रामचन्द्र तिवारी नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल, नेपाल चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष कमलेश कुमार अग्रवाल, ट्रेड एण्ड एक्पोर्ट प्रोमोशन सेन्टरका डेपुटी कार्यकारी निर्देशक सुयस खनाल, सूर्य नेपाल लिमिटेडका प्रवन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत रवी रायवरम, डावर नेपाल लिमिटेडका विजनेश हेड एचएस वेदी ले लगानी विस्तार र नीतिगत सुधारका सम्बन्धमा धारणा राखेका थिए ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी