काठमाडौँ । बिजबजारले रोमाञ्चक र आकर्षक योजनाहरू एवम् विविध उपहारहरूका साथ प्रत्येक महिनाको २० गते सञ्चालन गर्ने ‘२० मा बिज’ नामक क्याम्पियन अन्तर्गतको कार्तिक महिनाको क्याम्पियन वोर्ल्ड कपको थिम सहित कार्तिक १९ गते राती १२ बजेदेखि २० गते सम्म लाइभ गर्ने भएको छ ।
सेवाग्राहीहरूले विभिन्न सामानहरू खरिद गर्दा यस क्याम्पियन अन्तर्गतको विन्टर रेडी होम योजनामा ७४ प्रतिशत सम्म, वोर्ल्ड कपको क्रेज योजनामा ६४ प्रतिशत सम्म, किप इट वार्म योजनामा ६३ प्रतिशत सम्म र विन्टर ब्युटी Essentials योजनामा ३७ प्रतिशत सम्म छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
यही कार्तिक २० गतेका दिन बिजबजारले अपराह्न ६ बजे देखि राति ८ बजेसम्म आफ्नो आधिकारिक फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गरी विभिन्न मनोरञ्जनात्मक क्रियाकलाप पनि सञ्चालन गर्ने जनाएको छ । २० मा बिजका लागि कम्पनीद्वारा निर्धारित सेवा तथा सर्तहरू लागु हुने कुरा कम्पनीले जनाएको छ ।
साना तथा मझौला उद्योग व्यवसायहरूलाई डिजिटल माध्यमबाट बजारसँग जोडी डिजिटल माध्यमबाटै व्यवसायको अभिवृद्धि र सेवाग्राहीहरूको आवश्यकता पूर्ति गर्न यो क्याम्पियन प्रभावकारी हुने विश्वास कम्पनीले लिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्