×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१२ कार्यक्रमहरु सहित सिभिल बैंकले आफ्नो बाह्रौं वार्षिकोत्सव मनायो

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

१२ कार्यक्रमहरु सहित सिभिल बैंकले आफ्नो बाह्रौं वार्षिकोत्सव मनायो

Artha Sarokar

११ मंसिर २०७९, आईतवार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौं । सिभिल बैंकले देशैभरी विविध १२ कार्यक्रमहरुको आयोजना गरी आफ्नो बाह्रौं वार्षिकोत्सव मनाएको छ ।

नेपाल राष्ट्र बैंकको नगदरहित कारोवारलाई प्रोत्साहन गर्ने निती अनुरुप बैंकले सफा टेम्पूहरुको भाडा क्यू आर कोड मार्फत भुक्तानी गर्ने कार्यको थालनी गरी ‘गो क्यासलेस’ अभियानलाई निरन्तरता प्रदान गरेको छ । जस मध्ये जावलाखेलको ‘गो क्यासलेस’ अभियानको समुद्धघाटन समारोह बैंकले आफ्नो बाह्रौं वार्षिकोत्सवको दिनमा र वार्षिकोत्सवको लगत्तै पछी नेपालगंज, धनगढी, महेन्द्रनगर, जानकी र भजनीमा गरी कूल छ स्थानहरुका ट्याम्पुहरुमा क्यू आर कोड मार्फत भाडा भुक्तानीको थालनी गरिएको कुरा बैंकले जनाएको छ ।

जावलाखेलको ‘गो क्यासलेस’ अभियानको समुद्धघाटन समारोहका प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले उक्त अभियानको उद्धघाटन गरेका थिए । समुद्धघाटन समारोहमा बोल्दै उनले नगदरहित अर्थतन्त्र आजको आवश्यकता भएको र यसले सिंगो राष्ट्रलाई समृद्धिको पथमा डोराउने कुरा बताएका थिए ।

त्यस्तै, बैंकको जावलाखेल शाखामा प्रायोरीटि बैंकिग सेवाको शुरु गरेको छ जसको उद्धघाटन बैंकका संचालक समितिका अध्यक्ष प्रताप जङ्ग पाण्डे तथा बैंकका निक्षेपकर्ता धनञ्जय आचार्यले संयूक्त रुपमा गरेका हुन् ।

साथै, बैंकले आफ्नो पाँचथर स्थित याङ्वरक शाखामा एटिएम सेवा प्रारम्भ गरेको छ जसको समुद्धघाटन याङ्वरक गाउँपालिकाका अध्यक्ष भिम बहादुर योङ्याले गरेका हुन् । याङ्वरक देशकै विकट दूर्गम स्थानमा पर्दछ जसमा सिभिल बैंकले मात्रै उपस्थिति जनाएको छ साथै यस एटिएम उक्त गाउँपालिकाको पहिलो एटिएम हो । एटिएम सेवाले त्यस भेगका स्थानियलाई सेवाको अतिरिक्त आधुनिक बैंकिग सेवाको बारेमा पनि बुझ्न मद्दत गर्नेछ ।

यसैगरी वार्षिकउत्सवको अवसरमा बैंकले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । देशभर छरिएका बैंकका मुख्य शाखा सहित ३६ स्थानका विभिन्न शाखाहरुको सहभागितामा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो । उक्त रक्तदानबाट कूल ९८४ पिन्ट रगत संकलन गरीएको थियो ।

यस्तै बैंकले १२ औं वार्षिकउत्सवको अवसरमा जेहन्दार छात्रालाई छात्रवृति कार्यक्रमहरु समेत आयोजना गरेको थियो । जेहन्दार छात्रालाई छात्रवृति कार्यक्रम अन्तर्गत देशभर छरिएका बैंकका ५७ स्थानमा विभिन्न शाखाहरु मार्फत विपन्न तथा जेहन्दार छात्राहरुलाई छात्रवृति कार्यक्रमको आयोजना गरि सरकारी विद्यालयमा अध्ययनरत कक्षा ६ देखि कक्षा १० सम्मका गरीव तथा जेहन्दार छात्रालाई छात्रवृति स्वरुप रु ५,००० प्रदान गरेको थियो ।

बैंकले आफ्नो विभिन्न शाखाहरु मार्फत विभिन्न उमेर समुहका व्यक्तिहरुलाई बैंकिङ तथा वित्तिय ज्ञान सम्वन्धी वित्तिय साक्षरता कार्यक्रम संचालन गरेको छ । जसमा देशैभरीबाट करिब ५०० जनाले सहभागीता जनाएका थिए ।

बैंकले मल्लकालीन राजा सिद्धी नरसिंह मल्लको पाला देखी प्रदर्शन हुँदै आएको ३८३ वर्ष पुरानो ललितपुरको प्रसिद्ध परम्परागत, सांस्कृतिक एवं ऐतिहासिक नाँच ‘कार्तिक नाँच’को संरक्षणको लागि बैंकले रु ७५ हजार आर्थिक सहयोग समेत गरेको छ ।

बैंकले नेपाल बाल संगठनमा आश्रित करिब ३५० जना बालबालिकाहरुको लागि विभिन्न स्टेशनरी सामाग्रीहरुको खरिद गर्न ५० हजार आर्थिक सहयोग उपलब्ध गराएको छ भने सुनसरी जिल्ला स्थित धरानमा रहेको निःसहाय सहयोग परिषदको तालिम भवन निर्माण गर्न रु ५० हजार आर्थिक सहयोग उपलब्ध गराएको छ । उक्त संस्थाले विपन्न तथा पिछडीएका बालबालिकाहरुलाई प्राथमिक तह देखी उच्च तहसम्मको शिक्षा प्रदान गर्ने तथा विभिन्न सीपमुलक तालिमहरु प्रदान गर्दै आएको छ ।

त्यस्तै, बैंकले महाबिर पुनद्वारा स्थापित राष्ट्रिय आविस्कार केन्द्रको ‘उच्च प्रविधि क्लासरुम परीयोजना’का लागि रु ५० हजार आर्थिक सहयोग उपलब्ध गराएको छ । बैंकले अपाङ्गता संरक्षण नेपाललाई दृष्टी विहिन व्यक्तिहरुको लागि १०० वटा सेतो छडी खरिद गर्नका लागि रु ९५ हजारआर्थिक सहयोग उपलब्ध गराएको छ भने कास्की जिल्ला स्थित बेगनाश तालको डुंगा व्यवसायीलाई डुंगाको सवारी गर्नेहरुको सुरक्षाको लागी १०० थान लाईफ ज्याकेट हस्तान्तरण गरेको छ ।

बैंकले ९५.२३ अर्व निक्षेप संकलन गरी करिव रु. ८७.४० अर्व ऋण लगानी गरेको सिभिल बैंकले आफ्नो बाह्रौं वार्षिकोत्सवको अवसरमा ५ वर्ष/१० वर्षदेखि अनवरत सेवा प्रदान गरेका बैंकका कर्मचारीहरुलाई अभिनन्दन गरेको छ । बैंकले यस आर्थिक वर्षको प्रथम त्रैमास सम्ममा रु. ४१.५१ करोड खुद मुनाफा कमाउन सफल भएको छ । बैंकले हाल ११५ शाखा तथा १३ वटा एक्सटेन्सन काउण्टर तथा १०२ एटिएम मार्फत सेवा प्रदान गर्दै आएको छ । 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी