काठमाडौँ । हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा ३ जना पक्राउ परेका छन् । प्रहरीले कार्तिक १६ गते बुधबार विशालबजारस्थित अनुज सेन्टर र न्यूरोड खिचापोखरीस्थित जय दुर्गा ट्रेड इन्टरनेशनलबाट दुई भारतीय नागरिकसहित ३ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारत नयाँ दिल्ली घर भई हाल काठमाडौँको ठमेलमा बस्ने ५० वर्षीय कमल कान्त कुल्थिया, भारतको राजस्थान घर भई हाल काठमाडौँको ताहाचल बस्ने ५५ वर्षीय किसन गोपाल र सप्तरीको राजविराज घर भएका ६७ वर्षका निर्मलकुमार अग्रवाल रहेका छन् ।
उनीहरुको साथबाट ३१ लाख ८१ हजार ३ सय ८५ रुपैयाँ र व्यक्ति तथा संस्थाको नाममा काटिएको चेक समेत बरामद गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ । उनीहरुलाई आवश्यक कारवाहीकालागि कार्तिक १७ गते जिल्ला प्रहरी कार्यालय टेकु पठाइएको प्रहरीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्