Skip to content
LAXMI SUNRISE BANK

‘गोल्डेन ओकको कमेडी यात्रा’ हाँसोको लहर बोकेर आउँदैछ विभिन्न शहरहरुमा

अर्थ सरोकार

काठमाडौं । गोल्डेन ओक ब्लेन्डेड माल्टले नेपालीहरुलाई हाँसोको नौलो संगालो दिने क्रममा गोल्डेन ओकको यो कमेडी यात्रा श्रावण महिनमा बिर्तामोड, दमक, इटहरी, विराटनगर र धरानमा सफलता पूर्वक सम्पन्न गरेको छ ।

उक्त कमेडी यात्रामा पाएको मायाले गर्दा यो कमेडी यात्रालाई गोल्डेन ओकले गाइघाटमा यही मंसिर १५ गते, मलंगवामा मंसिर १६ गते, वीरगञ्जमा मंसिर १७ गते, चन्द्रपुरमा मंसिर १८ गते, टाँडीमा मंसिर १९ गते र नारायणगढमा मंसिर २० गते पूरै उत्साहका साथ आयोजना गर्ने कम्पनीले जनाएको छ ।

गोल्डेन ओकद्वारा आयोजित मंसिर १५ गतेदेखि हुन लागेको यस कमेडी यात्रामा पनि जितु नेपाल, सुरेन्द्र के.सी., मिलन नेवार, निरज नेपाल, सुमन कार्की र शिव शंकर रिजालले सम्पूर्ण दर्शकहरुका लागि मनोरञ्जन र कमेडीको बिर्सिनै नसक्ने प्रस्तुति प्रस्तुत गर्ने भएको छ ।

हाल हुन लागेको यस कमेडी यात्रालाई पनि दर्शकहरुले पहिले जस्तै माया गरेर सफल बनाउने छन् भन्ने कम्पनीको पूर्ण विश्वास रहेको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK