×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ग्यापुले सुरु गर्‍यो हजारमा बजार योजना

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

ग्यापुले सुरु गर्‍यो हजारमा बजार योजना

Artha Sarokar

२४ कार्तिक २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाली इ-कमर्स कम्पनी ग्यापु मार्केटले हजारमा बजार योजना ल्याएको छ । यस योजना अन्तर्गत एक हजार रुपैयाँसम्म सबै किसिमका सामान किन्न सकिनेछ ।

हजार रुपैयाँमा लुगादेखि इलेक्ट्रिक सामानसम्म किन्न पाइनेछ । यसमा विशेष गरेर जाडो मौसमका लागि न्यानो लुगाहरु धेरै राखिएको ग्यापु मार्केटप्लेसको डेपुटी सिइओ सुजनी केसीले जानकारी दिएकी छिन् । यो योजना कार्तिक २५ गतेदेखि सुरु भइ लामो समय सम्म चल्ने बताइएको छ ।

लकडाउनको समयमा सञ्चालनमा आएको ग्यापुले अहिले नेपाल भरी नै घरायसी सामाग्री, किराना, सौन्दर्य, फेसन एवम् स्वास्थ्यसम्बन्धी सामाग्री डेलिभर गर्दै आइरहेको छ ।ग्यापुमा हजारभन्दा बढी भेन्डर र चार लाखबढी प्रोडक्ट उपलब्ध छन् ।

स्थापनाको छोटो समयमै वेबसाइट र मोबाइल एपमार्फत् ३ हजार पाँच सयभन्दा बढी भेन्डर्स र २ लाख १५ हजारभन्दा बढी ग्राहक दर्ता भई सेवा लिइरहेको कम्पनीले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी