×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कमल थापाले हार स्वीकार गरे, भने – ‘सूर्य चिन्ह लिएर चुनाव लड्ने अवसर दिएकोमा एमालेलाई धन्यवाद’

मकवानपुर । मकवानपुर निर्वाचन क्षेत्र नम्बर १ बाट नेकपा एमालेको चुनाव चिन्ह ‘सूर्य’ लिएर चुनाव लडेका राप्रपा नेपालका कमल थापाले हार स्वीकार गरेका छन् । थापाले बिहीबार सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै हार स्वीकार गरेका हुन् ।

मकवानपुर क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय (डिना)ले २० हजार ९७० मतसहित अग्रता कामय गरेकी छिन् । त्यस्तै, राप्रपा नेपालका थापाले भने १९ हजार ९१८ मतसहित दोस्रो स्थान पछ्याईरहेका छन् ।

यसैबीच थापाले सामाजिक सञ्जालमार्फत आफ्नो हार स्वीकार गरेका छन् । उनले ‘सूर्य’ चुनाव चिन्ह लिएर चुनाव लड्ने अवसर दिएकोमा नेकपा एमालेलाई धन्यवाद दिएका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: