काठमाडौं । खल्तीले आफ्नो प्रयोगकर्तालाई रु. १०० को टपअप गरि ‘आइमा इ-स्कुटर’ जित्ने अफर ल्याएको छ । यसका सथै हरेक हप्ता एक जना भाग्यशाली प्रयोगकर्ताले आइमाको तर्फबाट पुरस्कार जित्ने मौका पनि पाउनेछन् ।
प्रयोगकर्ताहरुले यस अफरमा सहभागी हुनका लागि खल्ती एपको ‘फिचर सेक्सन्’ मा गएर ‘खल्ती मा आइमा इ-स्कुटर’ आईकनबाट रू.१०० को रिचार्ज/टपअप गर्नुपर्ने छ । आफ्नो जित्ने सम्भावना बढाउन प्रयोगकर्ताले कुनै पनि मोबाइल नम्बरमा जति पटक पनि रिचार्ज गर्न सक्नेछन् । सहभागी मध्ये अफरको अन्त्यमा एक जना भाग्यशाली बिजेताले बम्पर उपहार स्वरूप आइमा इ-स्कुटर प्राप्त गर्नेछन् ।
साथै हरेक हप्ता एक जना भाग्यशाली प्रयोगकर्ताले आइमाको तर्फबाट पुरस्कार समेत जित्नेछन् । यो अफर कार्तिक २४ गतेदेखि पौष १६ गतेसम्म लागु हुनेछ । अफर समाप्त भएको सात दिनभित्र खल्तीको फेसबुक पेजमा फेसबुक लाइभ मार्फत लक्की ड्र गरि ‘खल्ती आइमा इ-स्कुटर’ को बम्पर पुरस्कार विजेता घोषणा गरिने खल्तिले जनाएको छ ।
यस अफरको बारेमा खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, ‘हामी फेरि हाम्रो फ्ल्यागशिप अफरमा फर्केका छौं र यस पटक भाग्यशाली विजेताले एक इलेक्ट्रिक स्कुटर जित्नेछन् जुन हाम्रो अघिल्लो ‘वान प्लस १० प्रो र आइफोन १३ को अफरहरू भन्दा फरक छ । साथै, यस अफर मार्फत, हामीले आइमा इलेक्ट्रिक स्कुटरसँगको हाम्रो साझेदारीमा दिगो वातावरणका लागि प्रयोगकर्ताहरूलाई प्रवर्द्धन गर्ने लक्ष्य राखेका छौं ।’
अफरमा सहभागी हुन सबै खल्ती प्रयोगकर्ताहरूले सक्नेछन् भने लक्की ड्र को लागि योग्य हुन केवाईसी (KYC) भेरिफाइड अनिवार्य हुनुपर्ने छ। केवाईसी भेरिफाइड नभएका प्रयोगकर्ताले पनि सजिलै केहि मिनेटमै केवाईसी भेरिफाइ गराएर अफरमा सहभागी हुन सक्ने कम्पनीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्