×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दि नेपाल डिष्टिलरी पायो आइएसओ प्रमाणपत्र

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

दि नेपाल डिष्टिलरी पायो आइएसओ प्रमाणपत्र

Artha Sarokar

२५ कार्तिक २०७९, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । प्रतिष्ठित ब्राण्ड ‘खुकुरी रम’ को उत्पादक ‘दि नेपाल डिष्टिलरीज प्रालि’ ले ‘आइएसओ ९००१ः२०१५ प्रमाणपत्र प्राप्त गरेको छ ।

कम्पनीले हालै उत्पादन तथा कार्यप्रणालीको गुणस्तरीयता मापन गर्ने विश्वकै एक स्वतन्त्र मान्यताप्राप्त प्रमाणीकरण निकाय, DNV(UKAS) बाट यो प्रतिष्ठित प्रमाणपत्र प्राप्त गरेको हो । यो प्रमाणपत्र एक विश्वव्यापी मानक हो, जसले बलियो गुणस्तर व्यवस्थापन प्रणालीका लागि आवश्यकताहरु तय गर्दछ ।

दि नेपाल डिष्टिलरीजले स्थापनाकालदेखि नै गुणस्तर र ग्राहकको सन्तुष्टिमा ध्यान केन्द्रीत गर्दै आइरहेको छ । यसका लागि कम्पनीले आफ्नो उत्पादनमा निरन्तर सुधार र आन्तरिक व्यवस्थापन प्रणालीलाई पनि चुस्तदुरुस्त र समयसापेक्ष बनाउँदै आएको छ ।

यो प्रमाणपत्र गुणस्तर व्यवस्थापन प्रणालीको प्रभावकारी र कुशल कार्यान्वयनतर्फ कम्पनीको प्रतिबद्धता, आफ्ना उत्पादन, सेवा र आन्तरिक प्रक्रिया प्रणालीमा निरन्तर सुधारमार्फत ग्राहकको सन्तुष्टिमा गरेको महत्वपूर्ण देनको प्रतिफल रहेको कम्पनीले जनाएको छ ।

‘आइएसओ ९००ः२०१५ प्रमाणपत्र’ लाई कम्पनीको जीवनमा एउटा कोशेढुंगाको रुपमा चित्रित गर्दै ‘दि नेपाल डिस्टीलरिज’ का महाप्रबन्धक शुभास लामिछानेले भने, ‘प्रतिष्ठित आइएसओ ९००१ः२०१५ को प्रमाणपत्र पाएकोमा हामीलाई गौरव महसुस भएको छ । यसको सम्पूर्ण श्रेय टिम र यसबाट भएको सामूहिक प्रयासलाई जान्छ । यस अवसरमा आगामी दिनमा समेत हामी हाम्रा उत्पादनहरुको गुणस्तर र आन्तरिक कार्य प्रणालीलाई समेत अझ आधुनिक र वैज्ञानिक बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्न चाहन्छौं ।’

कम्पनीबाट प्रतिष्ठित खुकुरी ब्राण्डअन्तर्गत ‘खुकुरी ट्रिपल एक्स रम’, ‘खुकुरी स्पाइस्ड रम’, ‘खुकुरी ह्वाइट रम’ र ‘खुकुरी कोरोनेसन रम’ उत्पादन हुँदै आएको छ । यी उत्पादन विश्व बजारमा निर्यात पनि हुँदै आएका छन् । हालै कम्पनीले रमबाट भोड्का सेग्मेन्टमा प्रवेश गर्दै नयाँ ब्राण्ड ‘न्यूड भोड्का’ बजारमा ल्याएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी