×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चुनावमा अपडेटेड रहन एनसेलले ल्यायो उत्कृष्ट प्याकहरु, यसरी प्रयोग गर्न सकिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

चुनावमा अपडेटेड रहन एनसेलले ल्यायो उत्कृष्ट प्याकहरु, यसरी प्रयोग गर्न सकिने

Artha Sarokar

१ मंसिर २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । एनसेलका ग्राहकले यो प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनका बेलामा आफु अपडेटेड रहन विभिन्न डेटा र भ्वाइस प्याकबाट फाइदा लिन सक्नेछन् । एनसेल आजियाटा लिमिटेडले आफुले प्रदान गरेको प्याकहरुले ग्राहकहरुलाई सञ्चार सेवामा पहुँच सुनिश्ति गर्ने र यसले सेवा सहज र सुलभ हुने जनाएको छ ।

आफ्ना सञ्चार सेवाका आवश्यकताहरूका आधारमा, ग्राहकहरूले दैनिक, साप्ताहिक वा मासिक प्याक छनौट गर्न सक्नेछन् । ग्राहकले कर सहित मात्र रु ४८ मा २४ घन्टा अर्थात १ दिन सम्म अनलिमिटेड डेटा र नेपालको सबै नेटवर्क पठाउन मिल्न ४० अल नेट एसएमएस प्याक लिन सक्नेछन् । ग्राहकले सजिलै एस्ट्रिक्स १७१२३ एस्ट्रिक्स २५ ह्यास डायल गरी यो प्याक लिन सक्ने कम्पनीले जनाएको छ ।

डेटा सेवामा, ग्राहकले डबल मजा प्याक अन्तर्गत ७ दिनको समयसिमा रहेको ५ जीबी डेटा र १ जीबी नाइट डेटा प्रयोग गर्न सक्छन् । ग्राहकले एस्ट्रिक्स १७१२३ एस्ट्रिक्स २२ ह्यास डायल गरी यो प्याक सुचारु गर्न सक्नेछन् । डबल मजा प्याक खरिद गर्ने ग्राहकले सोही प्याक पुनः खरिद गर्दा दोब्बर डेटा भोल्युम प्राप्त गरी डबल फाइदा लिन सक्ने एनसेलले जनाएको छ । यसको अर्थ ग्राहकले ५ जीबीको प्याक फेरी किन्दा १० जीबी डेटा प्राप्त गर्नेछन् ।

त्यस्तै मात्र रु २९ मा ग्राहकले एक दिने १ जीबी अल टाइम डेटा र १०० एमबी (बोनस) डेटा प्याक प्राप्त गर्न सक्छन् । ग्राहकले एस्ट्रिक्स १७१२३ एस्ट्रिक्स २६ ह्यास डायल गरीयो प्याक लिन सक्छन् । त्यस्तैगरी भ्वाइस सेवा अन्तर्गत ग्राहकले अल नेपाल भ्वाइस प्याक प्रयोग गरी कुनै पनि नेटवर्कमा सुलभ दरमा कल गर्न सक्नेछन् । ग्राहकले यो प्याकमा रहेको ५०० मिनेट अल नेट कल मात्र रु २६५ मा सुचारु गर्न सक्ने कम्पनीले बताएको छ ।

ग्राहकले एस्ट्रिक्स १७११८ एस्ट्रिक्स ३ ह्यास डायल गरी प्याक सुचारु गर्न सक्छन् । एनसेल एप र वेभसाइट मार्फत पनि यो प्याक खरिद गर्न सकिन्छ । अन नेट कलका लागि पनि ग्राहकलाई इन्डलेस कुराकानी प्याकको विकल्प रहेको छ । यस प्याकमा रहेको कुल ८७५ मिनेट अन नेट टक टाइम (हरेक दिन १२५ मिनेट अन नेट टक टाइम, सात दिनसम्म) मात्र रु ९५ मा सुचारु गर्न सक्छन् । ग्राहकले एस्ट्रिक्स १७११८ एस्ट्रिक्स ६ ह्यास डायल गरी प्याक सुचारु गर्न सक्छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी