×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनसेलले सुरु गर्यो ई-सिम वितरण, अपग्रेड गर्न १७१२५ मा एसएमएस पठाउनुहोस्

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

एनसेलले सुरु गर्यो ई-सिम वितरण, अपग्रेड गर्न १७१२५ मा एसएमएस पठाउनुहोस्

Artha Sarokar

११ मंसिर २०७९, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । एनसेलका ग्राहकहरुले अब आफ्नो सिम ई-सिममा अपग्रड गर्न सक्ने भएका छन्। एनसेल आजियाटा लिमिटेडले शुक्रबार मंसिर ०९ गतेदेखि आफ्ना ग्राहकहरुलाई ई-सिम वितरण गर्न थालेको घोषणा गरेको छ । यससँगै ग्राहकले ई-सिम चल्ने मोबाइलमा ई-सिमको प्रयोग मार्फत फाइदा लिन सक्नेछन् ।

ई-सिम अर्थात इम्बेडेड सिम हाल प्रयोग भईरहेको भौतिक सिमको सट्टामा प्रयोग गर्न मिल्ने डिजिटल सिम हो । यो सिम ई-सिम सपोर्ट गर्ने मोबाइल वा उपकरण भित्र सानो चिपमा हुन्छ र यसबाटै दूरसञ्चार सेवा लिन सकिने कम्पनीले जनाएको छ । यो भौतिक रुपमा प्रयोग हुने सिम भन्दा सुरक्षित मानिन्छ र केही गरि आफ्नो मोबाइल हराएमा वा चोरी भएमा पनि ई-सिम सो मोबाइलबाट झिक्न वा हटाउन मिल्दैन ।

एनसेलका ग्राहकहरूले एसएमएसमार्फत अनुरोध पठाई सजिलै आफ्नो हाल प्रयोग भईरहेको सिम ई-सिममा अपग्रेड गर्न सक्नेछन् । यसका लागि ग्राहकले आफ्नो नागरिकता नम्बर, इमेल ठेगाना टाइप गरी १७१२५ मा एसएमएस पठाउनु पर्दछ । ई-सिम सुचारु गर्नु भन्दा पहिला ग्राहकले एनसेलको प्रतिनिधिबाट ग्राहक पहिचानका लागि कल प्राप्त गर्दछन् । यो एसएमएस पठाउन र सिम अपग्रेड गर्नका लागि कुनै शुल्क नलाग्ने कम्पनीले जनाएको छ ।

ग्राहकले आफुलाई पायक पर्ने नजिकैको एनसेल सेन्टरबाट पनि आफ्नो सिम ई-सिममा अपग्रेड गर्न सक्नेछन् । नयाँ ग्राहकहरुले पनि कुनै पनि एनसेल सेन्टरबाट आफुले चाहेको स्टार्टर प्याकका साथ आवश्यक प्रक्रिया पुरा गरी ई-सिम लिन सक्नेछन् । ई-सिम सुविधा लिनका लागि, ग्राहकहरूका साथमा ई-सिम सपोर्ट गर्ने मोबाइल हुन आवश्यक हुन्छ । ग्राहकहरूले आफ्नो मोबाइल ई-सिम चल्ने/नचल्ने थाहा पाउन एस्ट्रिक्सह्यास ०६ ह्यास डालय गर्न सक्छन् । यदि इम्बेडेड आईडेन्टिटी डकुमेन्ट (ईआईडी) सहितको विवरण ग्राहकको डिस्प्लेमा आएमा त्यस्तो मोबाइलमा ई-सिम चल्छ ।

ग्राहकलाई सेवा प्रदान गर्न नयाँ प्रविधि र सेवाहरू उपलब्ध गराउने आफ्नो प्रतिबद्धता अनुरूप चल्ने सुविधा सञ्चालनमा ल्याउन पाउँदा कम्पनी खुसी रहेको एनसेलले बताएको छ । उपभोक्ता र व्यवसाय दुवै माझ कनेक्टेड डिभाइसहरुको प्रयोग बढ्ने क्रममा रहेकाले ई-सिमले सूचना तथा सञ्चार प्रविधिको विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास कम्पनीले लिएको छ ।

आइफोनका पछिल्ला मोडलहरु जस्तै आइफोन एक्सएस सिरिज, आइफोन ११ सिरिज, आइफोन १२ सिरिज, आइफोन १३ सिरिज र आइफोन १४ सिरिजमा ई-सिमको सुविधा रहेको छ । त्यसै गरी सामसङको ग्यालेक्सी ए२१ सिरिज, ग्यालेक्सी ए२२ सिरिज, ग्यालेक्सी जेड फ्लिप सिरिज र गुगलको पिक्सल ४ सिरिज, पिक्सल ५ सिरिज र पिक्सल ६ सिरिजमा पनि ई-सिमको चल्ने सुविधा रहेको हुन्छ ।

ब्राण्ड र मोबाइलका मोडलहरुका आधारमा विभिन्न मोबाइलहरुमा एक भन्दा बढि ई-सिम नम्बर दर्ता गर्न सकिने सुविधा पनि रहेको छ । यद्यपि एक पटकमा एक मात्र नम्बर सक्रिय रहन्छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी