×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एनआईबीएल एस क्यापिटल र एच मेडिकल एण्ड डायग्नोस्टिक्स प्राइभेटबीच लगानी सम्झौता

काठमाडौं । एनआईबिएल एस क्यापिटल लिमिटेड र एच मेडिकल एन्ड डायग्नोस्टिक्स प्राइभेट लिमिटेड (एचएमडीएल) बीच गत नेभेम्बर २४ मा लगानी सम्झौता भएको छ ।

सम्झौतापत्रमा एनआईबिएल एस क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवान्तबहादुर पाँडे र एचएमडीएलका तर्फबाट अध्यक्ष अभिषेक दुगडले हस्ताक्षर गरेका छन् । एनआईबिएल एस क्यापिटलले एचएमडीएलमा केही न्यूनतम हिस्सेदारी पनि प्राप्त गर्नेछन् । टाटा समूहसँगको सहकार्यमा एचएमडीएलले फार्मास्युटिकल्स औषधि, एन्टिजेन्स डायग्नोस्टिक रिएजेन्टस् र अन्य उत्पादनहरु पनि उत्पादन गरी बिक्री गर्ने लक्ष्य राखेको छ ।

कोभिड-१९का बीच सन् २०२१ मा एचएमडीएलको स्थापना भएको थियो । एचएमडीएलले टाटा मेडिकल एन्ड डायग्नोस्टिक्ससँगको सहकार्यमा मेडिकललगायत निदानकारी उत्पादनहरुको विकास, उत्पादन र बजारीकरण गर्दछ। एचएमडीएल भारतको सबैभन्दा ठूलो समूह, टाटा समूहको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी हो ।

एचएमडीएलले टाटा मेडिकल एण्ड डायग्नोस्टिक्सद्वारा निर्मित सुलभ पीसीआर किटहरु आयात गरेर चाँडै आफ्नो छुट्टै पहिचानसमेत निर्माण गरेको थियो। एचएमडीएलले कोभिड पीसीआर किट र रिएजेन्टसको अत्याधिक बिक्री गर्नुका साथै उच्च पहिचान भएका ब्रान्डको पोर्टफोलियो निर्माण समेत गरेको छ । यसका साथै नेपालका पहाडी तथा दुर्गम क्षेत्रहरुमा पनि मोबाइल भ्यानका माध्यमबाट निदान परिक्षण गर्ने व्यवस्था ल्याएको छ ।

टाटा मेडिकल एण्ड डायग्नोस्टिक्स भारतसँगको सहकार्यमा नेपालभर सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने प्रमुख उद्देश्यका साथ कम्पनीले नेपालमा नै डायग्नोस्टिक र रिएजेन्ट उपकरण उत्पादन गर्न पूर्ण विकसित उत्पादन इकाइहरु स्थापना र सञ्चालन गर्ने योजना बनाएको छ । यसका साथै देशभर उच्च प्रविधियुक्त डायग्नोस्टिक सेन्टरहरु स्थापना गर्ने र विभिन्न उत्पादनहरुलाई बजारमा ल्याउने योजनासमेत रहेको छ ।

एचएमडीएलले नेपालमा स्वास्थ्य सेवाको पहुँचलाई थप सुलभ बनाउँदै सम्पूर्ण राष्ट्रलाई फाइदा पुर्याउने लक्ष्यसमेत राखेको छ ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: