काठमाडौं । एनआईसी एशिया बैंकमा भिडियो केवाईसीबाटै ग्राहकहरूको केवाईसी विवरण अद्यावधिक गर्न सकिने भएको छ । घर वा अफिसबाटै आफ्नो खाताको केवाईसी विवरण अद्यावधिक गर्न सकिने यस नवीन सुविधाको प्रयोग गर्न ग्राहकहरूले बैंकको वेबसाइट http://www.nicasiabank.com मा रहेको अनलाईन एप्लिकेसन ट्याब गरी इ-केवाईसी छनौट गरी आफ्नो खाता नम्बर तथा केवाईसी अद्यावधिकको कारण उल्लेख गरी ओटिपी प्राप्त गर्ने एसएमएस वा इमेल वा दुबै विकल्प छनौट गरी सबमिट गर्नुपर्नेछ ।
त्यसपछि ग्राहक महानुभावहरूले आफ्नो व्यक्तिगत विवरणहरू भरी अनुकुल समयमा भिडियो कल मार्फत केवाईसी विवरण बैंकलाई उपलब्ध गराउन सकिने छ वा बैंकिङ समयमा भिडियो कलको लागि अपोइन्टमेन्ट बुक गरी सो समयमा केवाईसी विवरण अद्यावधिक गर्न सकिने बैंकले जनाएको छ । बैंकले यसअघि अनलाईन खाता खोल्ने ग्राहकहरूको लागि अनलाईनबाट उक्त विवरण अद्यावधिक गर्न सकिने भिडियो केवाईसी सेवाको सुरुवात गरिसकेको छ ।
ग्राहकहरूले भिडियो केवाईसीको लागि कल गर्दा आफ्नो पहिचान खुल्ने कुनै एक पहिचान पत्र (नागरिकता/पासपोर्ट/ड्राइभिङ लाइसेन्स/मतदाता परिचय पत्र) तथा सेतो कागज र कालो/निलो मसी भएको पेन आफूसँग राखी बैंक कर्मचारीले माग गरे बमोजिमका विवरण तथा कागजात उक्त भिडियो कल मार्फत देखाउनु पर्दछ । यसरी भी-केवाईसी मार्फत केवाईसी विवरण अद्यावधिक गरे पश्चात् ग्राहकहरूले आफ्नो बैंक खाता पूर्ण रुपमा सञ्चालन गर्न सक्ने बैंकले जनाएको छ ।
स्वदेश वा विदेशमा रहेका ग्राहकहरूलाई भिडियो कलको माध्यमबाट ग्राहक पहिचान सम्बन्धी विवरण अद्यावधिक सहज रुपमा गर्न सकिने हुँदा यसबाट ग्राहकहरूलाई उक्त सेवा लिन बैंकको शाखा कार्यालयसम्म भौतिकरुपमा उपस्थिति हुनुपर्ने झन्झबाट मुक्ति मिल्ने बैंकले विश्वास लिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्