काठमाडौं । एनआईसी एशिया क्यापिटलले न्यून शुल्कमा आफ्नो ग्राहकलाई उच्च कोटीको सेवासुविधा उपलब्ध गराउने मुख्य उद्देश्यका साथ ‘पे वान टाइम फर्गेट फर लाइफटाइम’ भन्ने नाराका साथ मात्र ९ सय ९९ एकमुष्ठ भुक्तानी गर्दा आजीवन डिम्याट खाता सञ्चालन गर्न मिल्ने गरी डिम्याट खाता नवीकरण योजना सञ्चालनमा ल्याएको छ ।
कुनै पनि निक्षेप सदस्यमा डिम्याट खाता खोली सेयरको कारोबार गर्ने खातावालाले प्रत्येक वर्ष डिम्याट खाता नवीकरण शुल्कबापत रु. १०० बुझाउनुपर्ने व्यवस्था रहेको तथा उक्त नवीकरण शुल्क भुक्तानी नगरेको अवस्थामा सम्बन्धित खातावालाको डिम्याट खाता फ्रिज भई बिक्री गरेको सेयर निर्धारित समयमा राफसाफ नभई हजारौँ जरिवानासमेत भुक्तानी गर्नुपर्ने अवस्था रहेको देखिन्छ हरेक वर्ष डिम्याट खाता नवीकरण शुल्क भुक्तानी गर्नुपर्ने र नवीकरण शुल्क भुक्तानी गर्ने प्रक्रिया निकै झनझटिलो रहेको हुँदा क्यापिटलले आफ्नो ग्राहकलाई न्यून शुल्कमा आजीवन डिम्याट खाता नवीकरण गरिदिने व्यवस्था मिलाएको छ ।
क्यापिटलको आजीवन डिम्याट खाता योजना एनआईसी एशिया क्यापिटल तथा एनआईसी एशिया बैंकको सम्पूर्ण शाखा कार्यालयबाट डिम्याट खाता खोली आजको मितिमा नवीकरण शुल्क भुक्तानी गर्न बाँकी नरहेका सम्पूर्ण खातावालाहरु तथा नयाँ खाता खोल्ने ग्राहकले समेत लिन सक्ने क्यापिटलले जनाएको छ ।
यस एनआईसी एशिया लाइफटाइम डिम्याट खाता नवीकरण योजना अर्को सूचना जारी नभएसम्म सञ्चालन हुनेछ । यसका साथै डिम्याट खातावालाहरुले आफ्नो खाता नवीकरण भए नभएकोसम्बन्धी जानकारी क्यापिटलको वेबसाइट http://www.nicasiacapital.com वा सोझै https://www.nicasiacapital.com/demat-renewal-status मा क्लिक गरी हेर्न सकिनेछ ।
क्याटिलको आजीवन डिम्याट खाता योजनामा सहभागी हुनका लागि क्यापिटलको नाममा एनआईसी एशिया बैंक लिमिटेड, थापाथली, काठमाडौँमा रहेको बैंक खाता नं. ५४४४४५१०२५५२४०१७ मा रु.९९९ जम्मा रकमान्तरण गरी वा अनलाइन भुक्तानी माध्यमहरु इसेवा, खल्ती, कनेक्ट आईपीएस, फोनपे र आइएमईपेमार्फत भुक्तानी गर्न सकिनेछ ।
साथै नवीकरण शुल्क भुक्तानी गर्दा डिम्याट खाता नम्बर तथा सम्बन्धित खाताबालाको मोबाइल नम्बर अनिवार्य रुपमा उल्लेख गर्नुपर्नेछ । यस सम्बन्धमा कुनै समस्या वा थप जानकारीका लागि क्यापिटलको मोबाइल नम्बरहरु ९८४७३४५०९९ ९८४७३४५१०७ / ९८४८८६५२२३ मा सोझै सम्पर्क गर्न सकिने पनि क्यापिटलले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्