×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चालु आवको फर्स्ट क्वाटरमा नेपाल टेलिकमको नाफा घट्यो, ईपीएसमा १० रुपैयाँले गिरावट (विवरणसहित)

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

चालु आवको फर्स्ट क्वाटरमा नेपाल टेलिकमको नाफा घट्यो, ईपीएसमा १० रुपैयाँले गिरावट (विवरणसहित)

Artha Sarokar

३० कार्तिक २०७९, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नेपाल टेलिकमको नाफा घटेको छ । टेलिकमले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै गतवर्षको तुलनामा यसवर्ष नाफामा १.५२ प्रतिशतले गिरावट आएको जनाएको हो ।

गतवर्ष कम्पनीले असोज मसान्तसम्ममा २ अर्ब २५ करोड ९९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । तर, चालु आर्थिक वर्षको सोही अवधिमा कम्पनीको नाफा १.५२ प्रतिशतले घट्दै २ अर्ब २२ करोड ५५ लाख रुपैयाँमा सिमित भएको छ ।

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार कम्पनीको आम्दानी ७.१४ प्रतिशत घटेर ९ अर्ब ७ करोड ७५ लाख रुपैयाँ कायम भएको छ । कम्पनीको अन्य आम्दानी भने समीक्षा अवधिमा ६६.७३ प्रतिशत बढेर १ अर्ब ९६ करोड २५ लाख रुपैयाँ पुगेको छ ।

नाफासँगै चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस)मा पनि गिरावट आएको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १० रुपैयाँ ८१ पैसा घटेर ४९ रुपैयाँ ४६ पैसामा झरेको छ । असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ५४० रुपैयाँ ५१ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १६.४८ गुणा रहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी