×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

राजनीतिमा नयाँ ट्वीष्टः प्रचण्डलाई ओलीले राखे बाम एकताको प्रस्ताव, दुवै दल मिलेर सरकारमा जाने सम्भावना कति ?

काठमाडौं । चुनावी माहोल शान्त हुन नपाउँदै नेपाली रानीतिमा नयाँ ट्वीष्ट आएको छ । मतदानको अन्तिम नतिजा आउन नपाउँदै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई मिलेर अघि बढ्न आग्रह गरेका छन् ।

स्रोतका अनुसार एमाले अध्यक्ष ओलीले बिहीबार माओवादी अध्यक्ष प्रचण्डसँग टेलिफोन संवाद गर्दै आगामी यात्रामा बाम एकता आवश्यक रहेको बताएका छन् । ‘हामीबीचको तिक्तता बढी भयो, अब बसेर कुरा गरौँ भनेर ओलीले प्रस्ताव गर्नुभयो । प्रचण्डले पनि भईहाल्छ नि भने’, स्रोतले भन्यो, ‘चुनावको अन्तिम नतिजा आएपछि छलफल गर्ने मौखिक सहमति भएको छ । जसमा मिलेर सरकारमा जानेदेखि एकीकृत समाजवादीसँग पनि मिलनका लागि प्रस्ताव गर्नेसम्मका कुरा भएका छन् ।’

स्रोतका अनुसार प्रचण्डले बसेर कुरा गर्न कुनै समस्या नभएको जवाफ ओलीलाई फर्काएका थिए ।

योसँगै नेपाली राजनीतिमा अर्को ट्वीष्ट आउने देखिएको छ । स्रोतका अनुसार एमालेका अन्य नेताहरु पनि माओवादीसँग मिलेर अघि बढ्नुपर्ने कुरामा सकरात्मक देखिएका छन् । बिहीबार दिउँसोमात्रै एमालेका एक नेताले ओली र प्रचण्ड मिलेर अघि बढ्ने अभिव्यक्ति दिएका थिए ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: