×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रभु क्यापिटल र क्रिस्टल डाइग्नोस्टिकबीच सम्झौता, विभिन्न सेवामा विशेष छुट

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

प्रभु क्यापिटल र क्रिस्टल डाइग्नोस्टिकबीच सम्झौता, विभिन्न सेवामा विशेष छुट

Artha Sarokar

३० कार्तिक २०७९, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । प्रभु क्यापिटल र क्रिस्टल डाइग्नोस्टिकबीच सम्झौता भएको छ । क्यापिटलका हितग्राहीका लागि विशेष छुट प्रदान गर्ने सम्झौता भएको हो ।

कार्तिक २९ गते मंगलबार दुवै पक्षबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतापश्चात क्यापिटलका सबै हितग्राहीहरुले ल्याबको सम्पूर्ण सेवासुविधामा २० प्रतिशत छुट पाउनेछन् भने आउटसोर्सिङ गरेको टेस्टमा ल्याबबाट १० प्रतिशत छुट पाउने क्यापिटलले जनाएको छ ।

यो अफरबाट लाभ लिन हितग्राहीले आफ्नो प्रभु क्यापिटलको एप डाउनलोड गरी डिम्याट खाता लिंक गर्नुपर्नेछ । समझौतामा क्यापिटलले गर्ने सामाजिक उत्तरदायित्वका कार्यहरुमा जस्तै स्वास्थ्य शिविर, रक्तदान शिविर आदि गतिविधिमा समेत ल्याबले सहयोग गर्ने क्यापिटलले जनाएको छ ।

काठमाडौँको सिनामंगलमा अवस्थित क्रिस्टल डाइग्नोस्टिक नेसनल प्बलिक हेल्थ ल्याबोरेटरीबाट मान्यता प्राप्त आधुनिक प्रविधि र विभिन्न सेवासहितको एक अत्याधुनिक प्याथलोजिकल ल्याब हो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी