×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रविसँग हार्ने डरले गोरखा पुगेका प्रचण्डले चुनाव जित्ने पक्का

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

रविसँग हार्ने डरले गोरखा पुगेका प्रचण्डले चुनाव जित्ने पक्का

Artha Sarokar

५ मंसिर २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । चितवन छोडेर चुनाव लड्न गोरखा पुगेका प्रचण्डले चुनाव जित्ने पक्का देखिएको छ । विभिन्न एक्जिट पोलबाट प्राप्त सर्वेक्षण अनुसार प्रचण्डले ठूलो मतान्तरले चुनाव जित्ने भएका हुन् । उनी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग चुनाव हार्ने डरले गोरखा पुगेको विश्लेषकहरुले दाबी गरेका छन् ।

यता चितवन क्षेत्र नम्बर २ मा भने रवि लामिछानेको जित निश्चित देखिएको छ । दलप्रतिको आक्रोश र नयाँप्रतिको क्रेजका कारण रविको जित निश्चित प्राय भएको प्रक्षेपण गरिएको छ । त्यस्तै, चितवन निर्वाचन क्षेत्र नम्बर १ मा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे र नेपाली कांग्रेसका तर्फबाट उठेका विश्व पौडेलको लज्जास्पद हार हुने प्रक्षेपण गरिएको छ । सो क्षेत्रमा रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीबाट उठेका हरी ढकालले सानदार जित निकाल्ने देखिएको तथ्य विभिन्न एक्जिट पोलहरुले देखाएको छ ।

त्यस्तै ललितपुर क्षेत्र नम्बर ३ मा पनि रवि लामिछाने नेतृत्वकै राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार तोसिमा कार्कीको जित निश्चित प्राय देखिएको छ । माओवादी केन्द्रबाट उठेकी पम्फा भुसालको सो क्षेत्रमा हार्ने निश्चित भएसँगै उनको जित निश्चितप्रायः भएको हो । पछिल्लो मत परिणाम अनुसार ललितपुर क्षेत्र नम्बर ३ मा ४०० मत गणनामा भुसाले १ भोट प्राप्त गरेकी छिन् । योसँगै उनको हार निश्चित भएको आंकलन गरिएको छ ।

त्यस्तै, झापा क्षेत्र नम्बर ५ मा भने नेकपा एमालेका केपी शर्मा ओलीले ठूलो मतान्तरले विजयी हासिल गर्ने पक्का देखिएको छ । यता भावी प्रधानमन्त्री रुपमा हेरिएका गगन कुमार थापाको जित पनि निश्चित देखिएको छ । काठमाडौं क्षेत्र नम्बर ४ चुनाव लडेका थापा ठुलो मतान्तरले जित हासिल गर्ने देखिएको हो ।

यता काठमाडौं क्षेत्र नम्बर ५ मा नेकपा एमालेका इश्वर पोखरेलले चुनाव हार्ने संकेत देखिएको छ । सो निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका प्रदिप पौडेलसँग लडेका पोखरेलले चुनाव हार्ने ठुलो सम्भावना रहेको तथ्य विभिन्न एक्जिट पोलहरुले देखाएका छन् । त्यस्तै, अघिल्लो पटक चुनाव हारेका रविन्द्र मिश्रले यसपटक पनि चुनाव हार्ने भएका छन् । यसअघि काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा दोश्रो भएका उनी यसपाली तेश्रो हुने आंकडा गरिएको छ । यो हारसँग उनको राजनीतिक जीवन नैतिक संकटमा परेको विश्लेषण हुन थालेको छ ।

यता डा. बाबुराम भट्टराईले हदैसम्मको मेहेनत गरेपनि उनकी छोरी मानुसी भट्टराई यमी भने चुनावमा हार्ने भएकी छिन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी