काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको कात्तिक १३ गते पर्न गएको वार्षिकउत्सवको अवसरमा बैंकले कार्तिक १४ गते सोमबार केक कटिङ लगायतका कार्यक्रमहरु गरेर हर्षोउल्लासका साथ आफ्नो वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ ।
बैंकले उक्त कार्यक्रम बैंकको केन्द्रिय कार्यालय, बालुवाटार, काठमाडौंमा मनाएको थियो । वार्षिकोत्सवको उपलक्ष्यमा गरिएको उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठद्वारा बैंकमा १० वर्ष पूरा गरेका कर्मचारीहरुलाई सम्मान गरी कदरपत्र प्रदान गरिएको थियो ।
सांग्रिला डेभलपमेन्ट बैंकले आफ्ना ग्राहकवर्ग तथा सेयरधनीहरुको विश्वासले अलग्गै पहिचान बनाउन सफल भई आजको दिनमा आफ्नो कार्यकालको १८ औं वार्षिकोत्सव उत्साहका साथ मनाउन सफल भएको जनाएको छ । साथै, अवका दिनमा समेत यस किसिमको विश्वासको अपेक्षा बैंकले राखेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्