×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अर्घाखाँचीमा एमालेका टोपबहादुर रायमाझीको अग्रता

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलवार

PRIME CA
laxmi sunrise bank

अर्घाखाँचीमा एमालेका टोपबहादुर रायमाझीको अग्रता

काठमाडौं । प्रतिनिधिसभा सदस्यतर्फ एउटामात्रै निर्वाचन क्षेत्र रहेको अर्घाखाँचीमा एमालेका टोपबहादुर रायमाझीले अग्रता कायमै राखेका छन्। मंगलबार बिहानको अध्यावधिक गणना अनुसार रायमाझीले ७४४५ मतका साथ अग्रता लिईरहेका छन् ।

रायमाझीलाई नेपाली कांग्रेसकी पुष्पा भुसालले ५१८३ मतले पछ्याईरहेकी छन्। रायमाझी भुसालभन्दा २२५९ मतले अगाडी छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका हरी प्रसाद भुसालले ३३१ मत प्राप्त गरेका छन् ।

अर्घाखाँचीमा कुल मतदाता १ लाख ६४ हजार ७६८ मध्ये ८९ हजार ४ सय ३२ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: