काठमाडौं । ट्रिटन इन्टरनेशनल कलेजले नमुना मतदान कार्यक्रम सम्पन्न गरेको छ । मंसिर ४ गते हुने निर्वाचलाई लक्षित गर्दै विद्यार्थीलाई चुनावबारे व्यवहारिक शिक्षा प्रदान गर्ने उद्धेश्यले नुमना मतदान कार्यक्रमको आयोजना गरिएको हो ।
‘नमुना मतदान कार्यक्रम’मा पूर्ण रुपमा कलेजकै विद्यार्थीहरुको सहभागिता रहेको थियो । नमुना मतदानका लागि कलेजले कक्षा ११ र १२ लाई दुईवटा निर्वाचन क्षेत्रका रुपमा घोषणा गरेको थियो । जहाँ कलेजमा रहेका ४ विद्यार्थी क्लबलाई ४ राजनीतिक दलका रुपमा रुपान्तरण गरी उम्मेदवारी दर्ता गराइएको थियो ।
नमुना मतदान कार्यक्रममा चुनावको मिति घोषणादेखि उम्मेदवारी दर्ता, चुनाव चिन्ह प्रदान, चुनावी प्रचारप्रसार, आचारसंहिता, मतदान केन्द्र स्थापना, सुरक्षा व्यवस्था, मतदान, मत गणना र मत परिणाम घोषणासम्म सम्पूर्ण प्रक्रिया पूरा गरिएको थियो । त्यस्तै नमुना मतदानमा महिला, पुरुष, अशक्त, ज्येष्ठ नागरिकहरुका लागि छुट्टा छुट्टै लाइनमा राखि मतदान केन्द्र व्यवस्थापन गर्ने, मतदान अधिकृतको हस्ताक्षर रुजु गर्ने, गोप्य स्थानमा पुगि उम्मेदवारीको चुनाव चिन्हमा मत दिने लगायतका विषयहरु घनिभूत रुपमा सिकाइएको थियो ।
‘ट्रिटन नमुना मतदान २०७९’को मतपत्रमा नोटाको समेत व्यवस्था गरिएको थियो । जहाँ मतदाताले राजनीतिक दल वा उम्मेदवार मन नपरेको अवस्थामा ‘म कसैलाई भोट दिन्न’ भन्ने व्यवस्था गरिएको थियो । नमुना मतदानबाट निर्वाचन कसरी हुन्छ ? के–के गर्नुपर्ने रहेछ ? कस्तो व्यवस्था हुने रहेछ ? लगायतका थुप्रै विषयमा राम्रो सिकाई भएको विद्यार्थीहरुले बताएका छन् । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः


Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्