काठमाडौं । ट्रिटन इन्टरनेशनल कलेजले कार्तिक २५ गते नमुना मतदान कार्यक्रम सम्पन्न गरेको छ । मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन नजिकिएका बेला मतदाता शिक्षा कार्यक्रम अन्तर्गत काठमाडौंको तिनकुनेस्थित ट्रिटन इन्टरनेशनल कलेजका विद्यार्थीहरुकै सहभागीतामा नमुना मतदान गरिएको छ ।
निर्वाचनमा मत बदरको संख्या घटाउने उद्देश्यले नमुना मतदान कार्यक्रम आयोजना गरिएको हो । क्याम्पसमा अध्ययनरत कक्षा ११, १२ र स्नातक तहका विद्यार्थीहरुलाई मतदान गर्ने सही तरिका सिकाउने उद्धेश्यले यो कार्यक्रम गरिएको कलेजका नमुना मतदान कार्यक्रम व्यवस्थापक कमान सिहं आरसिले बताए ।
नमुना मतदानमा महिला, पुरुष, अशक्त र जेष्ठ नागरिकहरुका लागि छुट्टा छुट्टै लाइनमा राखि मतदान केन्द्र व्यवस्थापन गर्ने, मतदान अधिकृतको हस्ताक्षर रुजु गर्ने, गोप्य स्थानमा पुगी उम्मेदवारको चुनाव चिह्नमा मत दिने लगायतका विषयहरु सिकाइएको थियो ।
नमुना मतादनमा साच्चिकै निर्वाचनमा हुने सबै प्रक्रिया पुरा गरिएको नयाँ बानेश्वर प्रहरी बृत्तका डिएसपि निशान्त श्रीवास्तवले बताए । यस्ता कार्यक्रमहरुले मतदाता शिक्षा प्रभावकारी हुने, मतदानमा नागरिक सहभागिता बढ्ने तथा बदर मतको संख्या कम हुने उनको भनाई थियो ।
निर्वाचन सम्बन्धि सम्पुर्ण कार्यहरु विद्यार्थीबाट नै सु-सम्पन्न भएको कुरा कलेजकि सिइओ ऋतु न्यौपानेले बताएकी छिन् । कलेजमा निर्वाचन सोचेभन्दा धेरै राम्रो बनाउन सफल भएउ भन्दै निर्वाचन कार्यक्रम संयोजक खेमराज आचार्य र महेश तिवारीले बताएका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्