×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अमेरिकन चेम्बर अफ कमर्स नेपालको अध्यक्षमा अजित शाह पुनः अनुमोदित

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

अमेरिकन चेम्बर अफ कमर्स नेपालको अध्यक्षमा अजित शाह पुनः अनुमोदित

Artha Sarokar

१८ मंसिर २०७९, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । अमेरिकी लगानीमा नेपालमा सञ्चालित व्यवसायहरुको सञ्जाल अमेरिकन चेम्बर अफ कमर्स नेपाल (एचाम) को पहिलो वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले सञ्चालक समितिका अध्यक्ष र सदस्यहरूलाई अर्को साधारण सभासम्मका लागि पुनः अनुमोदन गरेको छ ।

समितिमा चेम्बरका अध्यक्ष अजित शाह, उपाध्यक्ष निर्मलकाजी श्रेष्ठ, कोषाध्यक्ष कैलाश विजयानन्द र सदस्यहरु अतुल्य रिसाल, असिममान सिंह बस्न्यात, आकाश गोल्छा, जयदिन श्रेष्ठ र सेमन्त दाहाल रहेका छन् ।

सभालाई सम्बोधन गर्दै एचाम नेपालका अध्यक्ष शाहले अमेरिकन चेम्बर्स अफ कमर्स नेपालको विकास सदस्य कम्पनीको मजबुत सहकार्य, क्षेत्रीय सञ्जाल, युएस चेम्बर अफ कमर्स र नेपालस्थित अमेरिकी दूतावासको सहकार्यबाट सम्भव भएको बताए । उनले थपे, ‘हामीले आर्थिक समिति, नीति तथा वकालत समिति र सञ्जाल समितिमा वर्षभरि राम्रो प्रगति गरेको हाम्रा सदस्यहरूबीच गरिएको सर्वेक्षणबाट प्राप्त तथ्यांकले देखाएको छ ।’

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी