काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडको २८औं वार्षिक साधारण सभा मंसिर २३ गते शुक्रबार त्रिभुवन आर्मी अफिसर्स क्लब, टुडिखेल, काठमाडौंमा बैंकको सञ्चालक समितिका अध्यक्ष प्रकाश श्रेष्ठको अध्यक्षतामा सम्पन्न भयो । साधारण सभाले समितिको प्रतिवेदन पारित गरेको छ । उक्त सभाले नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार तयार गरिएको वित्तीय विवरणहरु पनि स्वीकृत गरेको छ ।
सभाले २०७८/७९ सम्मको संचित मुनाफाबाट २०७९ आषाढ मसान्तसम्ममा बैंकको कायम भएको चुक्ता पूँजीको ६ प्रतिशतका दरले बोनस सेयर र चुक्ता पूँजीको १४.९५ प्रतिशतका दरले नगद लाभांश (लाभांशमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव पनि सर्वसम्मतिबाट पारित गरेको छ ।
साथै, विशेष प्रस्तावहरु अन्तर्गत बैंक अफ काठमाण्डू लिमिटेड र ग्लोबल आइएमई बैंक लिमिटेड एक आपसमा गाभ्ने तथा गाभिने प्रयोजनका लागि सम्पत्ति, दायित्व तथा कारोबारको मूल्याङ्कन गरी मूल्याङ्कनकर्ताको सिफारिस गरेको सेयर स्वाप अनुपात १ः१ मा रहि मर्जर सम्बन्धि विषयमा संचालक समितिबाट भएका निर्णयहरु सम्बन्धमा सम्पूर्ण प्रस्तावहरु उक्त सभाले पारित गरेको छ ।
बैंकले हाल १०४ शाखा कार्यालयहरु, ९४ एटिएम र १० एक्स्टेन्सन काउन्टर मार्फत आफ्ना ग्राहक महानुभावहरुलाई बैंकिङ सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्