काठमाडौं । ई-कमर्स प्लेटफर्म बिजबजारले डिसेम्बर २४ देखि जनवरी ४ सम्म राइजिङ मलमा मल एक्टिभेसन सञ्चालन गरिरहेको छ । बिजबजारका अनुसार सेवाग्राहीहरूका लागि उपलब्ध हुने रोमाञ्चक अफर र छुटहरूको फाइदा उठाउनका लागि यो उत्कृष्ट अवसर हो ।
साथै यो अवसरमा सेवाग्राहीहरूले बिजबजारको वेबसाइटमा एकाउन्ट दर्ता गरी विभिन्न क्रियाकलापमा सहभागी भई आकर्षक गिफ्टहरू समेत जित्न सक्नेछन् । यो सँगै सेवाग्राहीहरूले रु ५०० को छुट पनि प्राप्त गर्न सक्नेछन् । मल एक्टिभेसनमा सेवाग्राहीहरू सहभागी भई बिजबजारका विभिन्न ब्राण्ड, अफर साथै अन्य सुविधाको जानकारी लिनसक्ने कम्पनीले जनाएको छ ।
सेवाग्राहीहरूले गुगल प्ले स्टोर र एप स्टोरमा गएर तुरुन्तै र सजिलै ‘बिजबजार अनलाइन शपिङ एप’ डाउनलोड गर्न सक्नेछन् भने ल्याप-टप वा डेस्क-टपबाट बिजबजारको अनलाइन सपिङ सेवा लिन चाहेमा सिधै http://www.bizbazar.com.np टाइप गरेर पनि यो सेवा लिन सकिने कम्पनीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्