×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल महिला चेम्बरले उद्यमी महिलालाई प्रविधिको तालिम दिने

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

नेपाल महिला चेम्बरले उद्यमी महिलालाई प्रविधिको तालिम दिने

Artha Sarokar

१ पुष २०७९, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल चेम्बर अफ कमर्स अनतर्गतको महिला चेम्बरले उद्यमी महिलाका लागि सूचना प्रविधि सम्बन्धी तालिम दिने भएको छ । लर्ड बुद्ध एजुकेशन फाउण्डेसनसंगको सहकार्यमा मुलुकभरका उद्यमी महिलालाई सूचना प्रविधि सम्बन्धी तालिम दिन भएको हो । तालिम सम्बन्धी सम्झौता पत्रमा महिला चेम्बरकी सचिव लिमा अधिकारी र फाउण्डेसनका अध्यक्ष पंकज जलानले हस्ताक्षर गरेका थिए ।

हस्ताक्षर समारोहमा चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले सूचना प्रविधि तालिम रोजगारी सिर्जना गर्न र व्यवसायिक वृद्धिका लागि फलदायी हुने अपेक्षा गरिएको बताएका छन् । सूचना प्रविधिको विकास तिब्र गतिमा अघि बढिरहेको सन्दर्भमा उद्यमी महिलालाई दिइने तालिम महत्वपुर्ण भएको अध्यक्ष मल्लको भनाई छ । विद्युतको उपलब्धतासंगै सूचना प्रविधिको विकास राज्यको पनि प्राथमिकतामा पर्नुपर्ने अध्यक्ष मल्लले बताए ।

सूचना प्रविधि तालिममा महिला चेम्बरको समन्वयमा स्थानीयतह, प्रदेश र केन्द्रीयस्तरबाटै उद्यमी महिला छनोट हुने चेम्बरद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । तालिममा सहभागि इच्छुक उद्यमी महिला छनोटका लागि एक स्वतन्त्र किमिटि समेत गठन गरिने नेपाल चेम्बर अफ कमर्सले जनाएको छ । उद्यमी महिलाका लागि सञ्चारक्षमता, बजार प्रर्वद्धन, वेबसाईट डिजाईन लगायतका बिषयमा तालिम दिईने महिला चेम्बरकी सचिव लिमा अधिकारीले जानकारी दिएकी हुन् ।

लर्ड बुद्ध फाउण्डेसनका अध्यक्ष जलानले अनलाईन व्यवसायलाई प्रर्वद्धन गर्न उद्यमी महिलालाई तालिम दिन लागिएको बताएका थिए । अनलाईन एपको विकाससंगै लेखा सम्बन्धी तालिम समेत दिईने उनको भनाई रहेको छ । तालिम सम्बन्धी कार्यक्रम पुस १५ गतेदेखि १ बर्षसम्म सञ्चालन हुने जलानले बताएका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी