Skip to content
LAXMI SUNRISE BANK

भारतसँगको सीमा व्यवस्थापन हुन नसक्दा अवैध कारोबार बढ्यो : चेम्बर अध्यक्ष मल्ल

अर्थ सरोकार

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष रोजेन्द्र मल्लले भारतसँगको सीमालाई व्यवस्थित गरेर अवैध कारोबारलाई नियन्त्रण गर्नुपर्ने बताएका छन् । नेपाल भारत खुला सीमाको फाईदा उठाएर अवैध कारोबार भईरहेको अध्यक्ष मल्लको भनाई रहेको छ । सीमाबाट हुने अवैध व्यापारका कारण सरकारले राजश्व समेत गुमाईरहेको अध्यक्ष मल्लले बताएका छन् ।

कैलाली चेम्बर अफ कमर्सले धनगढीमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष मल्लले भने,‘नेपाल भारत खुला सीमाको फाईदा उठाएर झण्डै ४० प्रतिशत अवैध कारोबार भईरहेको छ । यसले सरकारी राजश्वमा समेत गम्भिर असर गरिरहेको छ । मुलुकको व्यापारिक सन्तुलनका लागि आयात निर्यातलाई पनि व्यवस्थित गराउन आवश्यक छ ।’

आयातलाई व्यवस्थित गरेर निर्यात प्रर्वद्धन गर्नका लागि सरकारसँग हातेमालो गर्न चेम्बर अफ कमर्स तयार रहेको समेत अध्यक्ष मल्लले बताएका छन्। सरकारले करको दायारा फराकिलो पारेर राजश्व प्रणालीलाई चुस्त बनाउनुपर्नेमा उनले जोड दिएका थिए । अध्यक्ष मल्लले भने, ‘सीमाबाट हुने राजश्व चुहावट नियन्त्रण हुन सकेको छैन । कसैले राजश्व तिर्ने कसैले नतिरे पनि हुने अवस्था सिर्जना भएको छ । करको दायरा बढाएर राजश्व प्रणालीलाई चुस्त बनाउन आवश्यक छ ।’

कर राजश्व प्रशासनलाई प्रभावकारी बनाउन केन्द्रदेखि स्थानीय तहसम्मै सहकार्य गर्न जरुरी रहेको अध्यक्ष मल्लले बताए । अनुशासित व्यवसाय, पारदर्शी कर प्रणाली सम्बन्धमा निजी क्षेत्र सदैव प्रतिवद्ध रहेको अध्यक्ष मल्लको भनाई रहेको छ । आत्मनिर्भर अर्थतन्त्रको निर्माणका लागि सरकारसँग हातेमालो गर्न आफुहरु तयार रहेको अध्यक्ष मल्लले बताए ।

खुद्रा पसल देखि होलसेलसम्मै बिल बिजकको व्यवस्थालाई अनिवार्य रुपमा कार्यन्व्यनमा ल्याउनुपर्नेमा अध्यक्ष मल्लले जोड दिएका थिए । अर्थतन्त्रका अधिकांश सूचकहरु अहिले पनि नकारात्मक अवस्थामा नै रहेको भन्दै अध्यक्ष मल्लले चालुखर्च धान्न समेत मुस्किल राजश्व प्रणालीलाई चुस्त बनाउनुपर्ने बताएका थिए ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK