काठमाडौं । सिटिजन्स बैंकले नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानमा विस्तारित काउण्टर सेवा सुरु गरेको छ । बैंकले आफ्ना सेवाग्राहिको बढ्दो चाप र विस्तारित बैंकिङ सेवाको आवश्यकताहरुलाई मध्यनजर राख्दै तेस्रो विस्तारित काउण्टर सेवा नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान काठमाडौं महानगरपालिका वडा नं १४, रविभवनमा पौष ०५ गते देखि कलंकी शाखाको मातहतमा रहनेगरी संचालनमा ल्याएको हो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेल र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानका कार्यकारी निर्देशक राजेश उप्रेतीको समुपस्थितिमा उक्त विस्तारित काउण्टर सेवा संचालनमा ल्याइएको छ । यस अघिनै बैंकले मकवानपुर जिल्लामा रजैया विस्तारित काउण्टर र लमजुङ जिल्लामा राइनास विस्तारित काउण्टर सेवा संचालनमा ल्याई सकेको छ ।
विस्तारित काउण्टर मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवा प्रदान गर्ने लक्ष्य बैंकले राखेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, रेमिटेन्स सम्बन्धीको सेवाहरु लगायतका वित्तीय सेवाहरु छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकहरुलाई प्रदान गर्ने प्रतिबद्धता बैंकले जनाएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८० वटा शाखा, ३ वटा विस्तारित काउण्टर, १३३ वटा ए.टि.एम. र ९७ वटा शाखा रहित बैंकिङ ईकाईहरुबाट करिव १५ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्