काठमाडौं । सिभिल बैंकले आफ्नो बाह्रौं वार्षिकोत्सवको अवसरमा डिजिटल सुदुरपश्चिमको थालनी सुदुरपश्चिम प्रदेशको धनगढी र महेन्द्रनगरमा छुट्टा छुट्टै कार्यक्रमहरुको आयोजना गरी सम्पन्न गरेको छ ।
नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर डा.निलम ढुंगाना तिम्सिनाको प्रमुख आतिथ्यतामा धनगढीमा डिजिटल सुदूरपश्चिम कार्यक्रम सम्पन्न गरिएको थियो । उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर डा निलम ढुंगाना तिम्सिनाद्वारा पानी पूरी देखि जुत्ता मर्मतसम्म, टेम्पो सवारी देखि मन्दिरको भेटी सम्मका कारोबारहरु डिजीटल रूपमा क्यूआर कोड मार्फत भुक्तानी गरी डिजिटल सुदुरपश्चिमको उद्धघाटन गरिएको बैंकले जनाएको छ ।

उक्त कार्यक्रममा बोल्दै तिम्सिनाले नेपाल राष्ट्र बैंककै उच्च प्राथमिकतामा रहेको डिजिटल पेमेन्टलाई डिजिटल सुदुरपश्चिममा सुरुवात गर्न पाउँदा आफू खुसी भएको र समग्र राष्ट्रमै यो अभियान चलाउन सकिएमा देशमा हुने गरेका सबै कारोबारहरु पारदर्शी हुने तथा नोट छाप्नका लागी विदेशिने धन राशिको संचय हुने कुरा पनि बताएकी थिइन्।
त्यस्तै, महेन्द्रनगरमा आयोजित ‘डिजिटल सुदूरपश्चिम’ प्रतिनिधी सभा सदस्य तथा पूर्व माननीय मन्त्री रमेश लेखकको प्रमुख आतिथ्यतामा सम्पन्न गरिएको थियो । प्रमुख आतिथी लेखकले यस्तै डिजिटल पेमेन्ट सेवाहरु अझ सुलभ बनाउन सकिएमा समग्र जनताको विभिन्न महसुल तिर्दा खेर जाने समयको सदुपयोग गर्न सकिएमा समग्र राष्ट्रकै उत्पादकत्व बढाउन सकिने कुरा बताएका थिए ।

‘डिजीटल पेमेन्ट सिस्टमले गर्दा अव ग्राहकहरुले जतिको बिल आयो त्यति रकम मात्रै डिजीटलको माध्यमबाट भुक्तानी गर्दा आफूले गरेका खर्चहरुको विवरणहरुको समीक्षा गरेर फजुल खर्चहरुलाई घटाई अनावस्यक फजुल खर्चमा कमी ल्याई बचतमा वृद्धि गर्न सकिने हुन्छ र यस्तै साना साना बचतले भविष्यमा पुँजी निर्माण गरी आफू तथा सिंगो राष्ट्रलाई समेत समृद्ध बनाउन सकिने कुरा सिभिल बैंकका चिफ बिजिनेस भोला बहादुर विष्टले बताएका थिए ।
सिभिल बैंकले २०१९ अगस्ट देखि नै सुरु गरेको नगद रहित अभियान अहिले देशको दुर्गम भन्दा दुर्गम स्थान देखि देशका प्रमुख सहरहरुमा सम्म गरी चालीस हजार भन्दा बढी क्यूआर मर्चेन्टहरुलाई आवद्ध गरी सकेको कुरा पनि बैंकले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्