×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोका-कोलाद्वारा कतारमा रहेका ७ नेपालीलाई फिफा विश्वकप हेर्ने मौका प्रदान

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

कोका-कोलाद्वारा कतारमा रहेका ७ नेपालीलाई फिफा विश्वकप हेर्ने मौका प्रदान

Artha Sarokar

२३ मंसिर २०७९, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । वल्र्डकप २०२२ को लागि कतारमा रंगशाला निर्माणमा काम गरेका नेपाली कामदारहरु मध्य कतारमै बसोबास गर्दै आएका ७ जना नेपाली आप्रवासी कामदारहरुलाई कोका-कोला नेपालले रंगशालामै प्रत्यक्ष रुपमा वल्र्डकप हेर्ने अवसर प्रदान गरेको छ ।

आफ्नो परिवारको सुख र खुशीको लागि अवसरको खोजीमा विदेशीएका नेपालीहरुको निःस्वार्थपन र अथक प्रयासको सम्मान स्वरुप कम्पनीले उक्त पहल लिएको कोका-कोला नेपालले जनाएको छ । फुटबल हेर्न रुचाउने भएकोले यसरी रंगशालामै बसेर प्रत्यक्ष रुपमा वल्र्डकप हेर्न पाउनु आफुहरुको लागि जीवनकै यादगार र सुनौलो अवसर भएको र यसको लागि कोका-कोला प्रति आभारी रहेको कुरा व्यक्त गरेका छन् ।

यसबारेमा बोल्दै कोका-कोला नेपालका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले भने, ‘कोका-कोला धेरै वर्षदेखि फिफा विश्वकपको आधिकारिक प्रायोजक रहेको छ र यस वर्ष हामीले विश्वकपको लागि कतारको रंगशाला निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका नेपालीहरुको लागि केही गर्न चाहन्थ्यौं । उहाँहरुको कडा परिश्रम र त्याग साँच्चै प्रेरणादायी छ र हामी उनीहरुप्रति आभार व्यक्त गर्न चाहन्छौं । उहाँहरुले प्रत्यक्ष खेलको रमाइलो अनुभव लिनुभयो होला भन्ने हामी आशा गर्दछौँ ।’

कोका-कोलाले यो भन्दा अगाडि पनि आफ्नो दसैंँ क्याम्पेनमा १४ जना नेपाली आप्रवासी कामदारहरुलाई कतार-नेपाल दुईतर्फी हवाइ टिकटको व्यवस्था गरिदिएको थियो जसले गर्दा उनीहरुले निकै लामो समयको अन्तराल पछि आफ्नो परिवारसँग बसेर दसैंँ तिहार मनाउने अवसर पाएका थिए ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी