×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अमेरिका लगायतका देशमा पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

अमेरिका लगायतका देशमा पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ

Artha Sarokar

१४ पुष २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । अमेरिका लगायतका देशमा पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् । ललितपुर जिल्ला वडा नं. १ कुपन्डोल स्थाई बतन भई काठमाडौंको बुडानिलकण्ठ वडा नं. ८ ओमनगर बस्ने ४४ वर्षीय राजेश थापा पक्राउ परेका हुन् ।

थापाले विभिन्न व्यक्तिहरुलाई वैदेशिक रोजगारीका लागी अमेरिका, अस्ट्रेलिया, क्यानाडा तथा हङकङ लगायतका देशमा पठाइदिने र सम्बन्धित देशमा पुगेपछि ३ लाख मासिक तलब हुने भनि प्रलोभनमा परी प्रतिव्यक्ति २५ लाख रकम ठगेको प्रहरीले जनाएको छ । उनले पटकपटक गरी पिडितहरुबाट १ करोड ६२ लाख ६ हजार रकम ठगी गरी सम्पर्क बिहिन भएका थिए ।

काठमाडौं उपत्यका तथा अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलिले थापालाई पुस १३ गते काठमाडौंको लैनचौरबाट पक्राउ गरेको जनाएको छ । उनलाई मुलुकी अपराध संहिता २०६४ को परिच्छेद २१ को दफा २४९ (१) र (२) बमोजिमको कसुरमा कानुनी कारवाही गरी सोहि संहिताको दफा २५४ बमोजिम थप अनुसन्धान तथा कारवाहीका लागी जिल्ला प्रहरी परिसर टेकु, काठमाडौं पठाइएको प्रहरीले जानाएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी