×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ग्राण्ड इयर एन्ड सेल ‘दराज १२.१२’ सुरु हुँदै, भाउचर, मेगा डिल, निःशुल्क शिपिंग तथा अन्य धेरै अफर

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

ग्राण्ड इयर एन्ड सेल ‘दराज १२.१२’ सुरु हुँदै, भाउचर, मेगा डिल, निःशुल्क शिपिंग तथा अन्य धेरै अफर

Artha Sarokar

२५ मंसिर २०७९, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । यस वर्षको ११.११ को व्यापक सफलता पछि, नेपालको अग्रणी अनलाइन बजार, दराजले वर्षको अन्तिम अभियान दराज १२.१२ घोषणा गरेको छ । मंसिर २६ (१२ डिसेम्बर) देखि सुरु हुने यो ग्राण्ड इयर एन्ड सेल देशभरका ग्राहकहरूलाई आफ्ना मनपर्ने उत्पादनहरूमा थुप्रै, छुट र अफरहरू प्राप्त गर्ने अर्को अवसर प्रदान गर्ने भएको छ ।

कम्पनीको अनुसार १२.१२ एक बिक्री (संचालित अभियान मात्र नभई देशभरका ग्राहकहरूलाई वर्षभरिको अपार विश्वास र वफादारीको लागि धन्यवाद दिने दराजको तरिका भएको जनाएको छ । अभियानका मुख्य विशेषताहरूमा ७० प्रतिशतसम्मको मेगा डिल, रु. ७००० सम्मको मेगा भाउचर, रु. १२१२ सम्मको प्रिपेमेन्ट छुट, रु.२.७ लाखको ग्राण्ड एमआई ह्याम्पर गिभवे समावेश रहेका छन् ।

बैंक र प्रिपेमेन्ट छुटको सन्दर्भमा, ग्राण्ड इयर एन्ड सेलको समयमा किनमेल गर्ने ग्राहकहरूले क्रेडिट कार्ड मार्फत १२ प्रतिशत (अधिकतम रु १२१२) र डेबिट कार्ड मार्फत १० प्रतिशत (अधिकतम रु. १,०००) सम्मको छुट प्राप्त गर्न सक्नेछन् । एभरेष्ट बैंक, एनएमबी बैंक, सानिमा बैंक र कामना सेवा बैंकका ग्राहकहरूले माथि उल्लेखित छुटहरू प्राप्त गर्न सक्नेछन् ।

त्यस्तै, ग्राहकले आफ्नो आईएमई (IME Pay) वालेट मार्फत भुक्तानी गरेमा १२ प्रतिशत अधिकतम रु.३३३ को थप छुट पाउने छन् ।

प्रमुख राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डहरूबाट उत्कृष्ट छुट

दराज १२.१२मा प्रमुख राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्राण्डहरूको उत्पादनमा विशेष डिल र छुटहरू उपलब्ध हुनेछ भने ग्राहकहरूले आफ्नो मनपर्ने ब्राण्डहरूमा ७० प्रतिशत सम्मको छुट प्राप्त गर्न सक्नेछन् । अभियानका लागि डायमण्ड पार्ट्नर्समा बाल्ट्रा, वाओ, स्काईवर्थ र प्यानसनिक छन् भने गोल्ड पार्ट्नर्सहरूमा मामाअर्थ, फ्याँकैरा र जिन्सवेस्ट रहेको कम्पनीले जानकारी दिएको छ ।

त्यसैगरी, दराजका सबै प्रमुख क्याम्पेनहरू जस्तै १२.१२ मा पनि धेरै लोकप्रिय खेल एक रुपैयाँ पनि रहेको छ जहाँ ग्राहकहरूले मात्र रु १ मा हजारौं मूल्यका उत्कृष्ट उत्पादनहरू जित्ने मौका पाउँछन् । ग्राहकहरूले केवल १ रुपैयाँमा निम्न पुरस्कारहरू जित्नका लागि भाग लिइ स्काईवर्थ वासिङ मेसिन, हुण्डाई नन(डिजिटल वाटर हिटर, रेडमी ए१ र बोन हलिडेज ३ दिनको पोखरा टुर जाने समेत मौका रहेको दराजले जनाएको छ ।

सहभागी हुनको लागि ग्राहकहरूले अनलाइन प्रीपेमेन्ट मार्फत रु.१ अग्रिम भुक्तानी (प्रिपे) गर्नु पर्दछ । एक पटक अफर समाप्त भएपछि सबै सहभागीहरूलाई रु.१ फिर्ता हुनेछ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी