काठमाडौं । डिजिटल रेमिट्यान्स् कम्पनी इसेवा मनी ट्रान्सफरले आयोजना गरेको ‘मेरो डिजिटल देश’ अभियानप्रति नेपालीहरूको आकर्षण बढ्दै गएको छ । वैधानिक माध्यमबाट आउने रेमिट्यान्स प्रवर्दनका लागि इसेवा मनी ट्रान्सफरले यो अभियान सुरू गरेको थियो । हाल यस अभियानमा विदेशमा रहेका नेपालीहरुको उत्साहजनक सहभागीता रहेको छ । नेपालीहरू हरेक दिन यस अभियानमा जोडिँदै जानेक्रम बढ्दो रहेको कम्पनीले जनाएको छ ।
यो अभियान आगामी चैत्र ६ गतेसम्म सञ्चालनमा रहने भएको छ । यस अभियान अन्तर्गत संसारका कुनै पनि मुलुकमा रहेका नेपालीले, नेपालमा इच्छाएको व्यक्तिको बैंक खाता वा इसेवा वालेटमा पैसा पठाई सहभागिता जनाउन सक्नेछन् । साथै, विदेशबाट आएको नगद रेमिट्यान्स इसेवा वालेटमा प्राप्त गरेर पनि यस अभियानमा सहभागी हुन सकिनेछ । यस अभियानमा सहभागी भइ इसेवा मनि ट्रान्सफर मार्फत रकम पठाउँदा हरेक महिना एक जनाले ६ महिनासम्म आकर्षक पुरस्कारहरुको प्याकेज तथा बम्परमा १ जनाले काठमाडौंमा घर प्राप्त गर्ने कम्पनीले जनाएको छ ।
आर्थिक विकास बिना कुनैपनि राष्ट्र सम्मुनत बन्न नसक्ने भन्दै आर्थिक विकासका लागि देशभित्र र बाहिर रहेका नेपालीको योगदान पनि उत्तिनै महत्त्वपूर्ण हुने हुनाले इसेवा मनी ट्रान्स्फरले यो अभियान सञ्चालन गरेको हो । मेरो डिजिटल देश अभियान मार्फत विदेशमा रहेका समस्त नेपालीहरुलाई डिजिटल र वैधानिक माध्यमबाट देशमा रेमिट्यान्स पठाएर देशको आर्थिक उन्नतीमा योगदान पुर्याउन यस अभियानले मद्दत पुर्याउने इसेवा मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत, अजेश कोइरालाको भनाइ छ ।
उक्त अभियानमा महानायक राजेश हमाल पनि जोडिएका छन् । हमालले यस अभियानसँग जोडिएर देश तथा विदेशमा गई डिजिटल रेमिट्यान्स सम्बन्धी जागरुकता जगाउने कार्यमा शक्रियता जगाएका छन् । उनले केहीदिन अघि मात्र करिब ४ लाख नेपाली रहेको युएईमा गइ यस अभियानको प्रवर्धन गरेका थिए । यसैगरी नायिका स्वस्तिमा खड्का पनि यस अभियानको प्रचार-प्रसारमा क्रियाशील रहेको इसेवाले जनाएको छ । सोही क्रममा उनले हालसम्म हरेक महिना पाइने आकर्षक उपहार अन्तरगत दुइ जनालाई घरसम्मै पुगेर आकर्षक उपहार समेत प्रदान गरेकी छन् ।
इसेवा मनि ट्रान्सफरले परम्परागत शैलि तथा डिजिटल माध्यमबाट इसेवा वालेटका ६० लाख भन्दा बढी प्रयोगकर्ताहरु र कुनै पनि बैंक तथा वित्तिय संस्थाको खातामा विप्रेषण रकम भित्राउँदै आएको छ । इसेवा मनि ट्रान्सफरले सेवाग्राहीहरुलाई आफ्ना १२,००० भन्दा बढी भुक्तानी केन्द्र तथा इसेवाका १,००,००० भन्दा बढी क्यास प्वाइन्ट मार्फत पनि विप्रेषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ ।