×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘अटोमोबाइल व्यवसायीहरुको समस्या समाधान गर्न सरकार सकारात्मक छ’ : अर्थमन्त्री

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

‘अटोमोबाइल व्यवसायीहरुको समस्या समाधान गर्न सरकार सकारात्मक छ’ : अर्थमन्त्री

Artha Sarokar

१५ पुष २०७९, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमात्री विष्णु पौडेलले अटोमोबाइल व्यसायीहरुले भोगिरहेको समस्या समाधान गर्न सरकार सकारात्मक भएको बताएका छन् ।

नाडाका अध्यक्ष धुर्ब थापाको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलसँगको भेटवार्तामा अटो व्यवसायीका समस्या समाधान गर्न सरकार सकारात्मक रहेको बताएका थिए । उनले भने ‘मैले अटोमोवाइल क्षेत्रलाई नजिकबाट चिनेको छु, व्यवसायीहरुले हाल भोगिरहेको समस्याहरुको समाधान गर्ने विषयमा सरकार सकारात्मक छ ।’

साथै, सोही क्रममा उनले अटोमोवाइल क्षेत्रका समस्याहरुको समाधानका लागि सरकार प्रयत्नशील रहेको आवश्वासन दिँदै अटोमोवाइल व्यवसायीहरुबाट जारी आन्दोलन स्थगित गर्न आग्रह समेत गरेका थिए ।

छलफलमा अध्यक्ष थापाले कोभिडको महामारीको र पछिल्ला समयमा आएका विभिन्न नीतिहरुको कारण पहिल्यै देखि प्रताडित भएको अटोमोवाइल व्यवसाय झनै कठीन अवस्थामा पुर्याएको कारण व्यवसायीहरु आफ्नो व्यवसायबाट नै पलायन भईरहेकोले बताएका थिए । उनले अटोमोवाइल व्यवसायको उत्थानका लागि आवश्यक पहल गर्न अर्थमन्त्रीलाई आग्रह समेत गरेका थिए ।

सोही क्रममा अध्यक्ष थापाले बढदो व्याज दर तथा प्रिमियम दरलाई तत्कालै एउटा उपयुक्त सीमाभित्र राखि अर्थतन्त्रलाई गतिशिल बनाउने नीति अवलम्बन गर्न, सवारी साधनहरु आयातका लागि एलसी खोल्दा न्युनतम नगद मार्जिनको सीमा १० प्रतिशत नै कायम गर्ने आग्रह गरेका थिए । त्यस्तै, उनले अटो लोन/हायर पर्चेज कर्जामा जोखिम भारलाई १५० प्रतिशतबाट पुरानै अवस्थामा ल्याउनु पर्ने अर्थात ७५ प्रतिशत नै कायम गर्नेपर्ने बताएका थिए ।

त्यसैगरी , नेपाल राष्ट्र बैंकले हालै जारी गरेको चालु पुँजी कर्जा मार्ग निर्देशिका २०७९ मा भएका कतिपय बुंदाहरु हालको अवस्थामा व्यावहारिक रुपमा लागु गर्न कठीन हुने देखिएको सन्दर्भमा यस निर्देशिकालाई दुई बर्षसम्मका लागि स्थगित गर्ने व्यवस्थाका लागि विशेष आग्रह गरेका थिए ।

सो भेटघाट तथा छलफलमा नाडाका उपाध्यक्षद्धय राजनबाबु श्रेष्ठ तथा सुनिल रिजाल, सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल, सहकोषाध्यक्ष पंकज अग्रवाल, केन्द्रिय कार्य समिति सदस्यद्धय निराकार श्रेष्ठ र अभिक ज्योति समेतको उपस्थिति रहेको थियो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी