Skip to content
LAXMI SUNRISE BANK

गणपति लघुवित्त ७औं वर्षमा प्रवेश, सामाजिक कार्य गरी मनायो वार्षिकउत्सव

अर्थ सरोकार

काठमाडौं ।  गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले २०७९ मंसिर २४ गते विभिन्न कार्यक्रम गरी आफ्नो छैठौं वार्षिकोत्सव सम्पन्न गरेको छ ।

लघुवित्तले छैठौं वार्षिकउत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विविध सामाजिक क्षेत्रमा सहयोगात्मक एवमं चेतनामुलक कार्यक्रम संचालन गरी वार्षिकोत्सव भव्य रुपमा सम्पन्न गरेको छ ।

केन्द्रिय कार्यालय मार्फत पोखरा-३२ लामेआहालमा अवस्थित राधाकृष्ण मन्दिर तथा शान्ती आश्रममा वृद्धवृद्धाहरुको लागि बिहानी भोजन तथा अन्य सहयोग सामाग्रीहरु संस्थाका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत विष्णु प्रसाद ढकालले उक्त वृद्धाश्रमका अध्यक्ष प्रेम लिगल मार्फत हस्तान्तरण गरेका हुन् ।

हाल लघुवित्तले २३ वटा जिल्लामा ४३ वटा शाखा कार्यालयहरु मार्फत ग्रामिण क्षेत्रका ४० हजार १ सय ५ सदस्यहरुलाई वित्तीय सेवा प्रदान गरीरहेको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK