काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको मोबाइल बैंकिङ एप (गरिमा डिजिटल बटुवा) बाट अब नेपालपे क्यूआर स्क्यान गरी भुक्तानी गर्न सकिने भएको छ ।
बैंकका ग्राहकले गरिमा डिजिटल बटुवा एपको प्रयोग गरेर विभिन्न मर्चेन्ट तथा पेमेन्ट गेटवेहरुमा रहेको नेपालपे क्यूआर स्क्यान गरी क्यूआरमार्फत सजिलै भुक्तानी गर्न सक्नेछन् । यसका साथै बैंकले नेपालपे क्यूआरमा विभिन्न मर्चेन्टहरु आबद्ध गराउने कार्यको पनि थालनी गरेको छ ।
नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको नेपाल क्यूआर स्ट्यान्डर्डको मूल पूर्वाधारका रुपमा नेपालपे क्यूआर स्थापना र सञ्चालनमा आएको हो । जसअन्तर्गत सदस्य बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक र अन्य भुक्तानी प्रणाली सञ्चालकहरुले छुट्टै स्किमका रुपमा र मर्चेन्ट वा अन्य क्यूआर स्किमसँग अन्तरआबद्धता कायम गरी प्रयोग गर्न सकिने व्यवस्था रहेको छ ।
बैंकका व्यापारिक ग्राहक मर्चेन्टका रुपमा आबद्ध भएर आफ्ना ग्राहकबाट गरिमा डिजिटल बटुवा एप अथवा नेपालपे क्यूआरमा आबद्ध अन्य मोबाइल बैंकिङ एप वा वालेट एपमार्फत सिधै आफ्नो खातामा भुक्तानी प्राप्त गर्न सक्दछन् ।
यसरी गरिमा विकास बैंकको मोबाइल बैंकिङमा नेपालपे क्यूआर जोडिँदा रिटेल स्तरमा हुने विद्युतीय भुक्तानीमा थप वृद्धि हुने आशा गरिएको छ । साथै, डिजिटल भुक्तानी बैंकको प्राथमिकता पनि रहेको छ ।
गरिमा विकास बैंकले नेपालभरि १२१ वटा शाखा कार्यालय र ५१ एटीएममार्फत सेवा प्रदान गरिरहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्